काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रूपमा ब्रोडवे इन्फोसिस रहने भएको छ।
ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’ को रूपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ।
ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरू मार्फत १० हजार बढी विद्यार्थीलाई स्किल विकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ।
कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका विद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरू प्रदान गरिरहेको छ।
ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनलमार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ। कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरूको लागि विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’ को सातौं संस्करणको रूपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशका स्टार्टअपको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिस्ट सल्लाहकारहरू छन। यस वर्ष साउथ एसिया बाहेक अन्य ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुला छ।
आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।