काठमाडौं । वैद्यज ग्रुपको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेको गाडी व्यापार ५६.६३ प्रतिशतले बढेको छ। गत असारसम्म कम्पनीले ७ अर्ब ६१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
आम्दानीमा भएकाले वृद्धिले कम्पनीको मार्जिन पनि बढेर ११ प्रतिशत पुगेको छ। यसअघि ८ प्रतिशत मात्र मार्जिन थियो।
सन् २०२१ मा कम्पनीले ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। यस्तै २०२० मा ३ अर्ब ३० करोड ५० लाख र २०१९ मा ५ अर्ब ८८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीले ४ अर्ब ऋणको रेटिङ गराएको छ। सरकारले प्रतिबन्ध लगाएका कारण अटो मोबाइल व्यापारमा समस्या बढ्दै जाँदा कम्पनीको व्यापारमा पनि असर पर्ने देखिएको छ।
पछिल्लो समय ब्याज दरमा वृद्धि र व्यक्तिगत हायरपर्चेजको ऋण जोखिम १०० बाट बढेर १५० प्रतिशतसम्म वृद्धि भएको छ।
नयाँ सवारी साधनहरूको स्वामित्वको उच्च लागत, निकट अवधिमा यसको माग दृष्टिकोणलाई नकारात्मक रूपमा असर गर्ने देखिएको छ।
युनाइटेड ट्रेडर्सको स्थापना सन् २०७१ मा स्वर्गिय विजयगजानन्द वैद्यले स्थापना गरेका हुन।
कम्पनी नेपालका लागि जापानको टोयोटा गाडीको सोल डिष्टिब्युटर हो। कम्पनी सन् १९६७ देखि नै नेपालमा टोयटा गाडी र स्पेयर्स पाटर्सकाे बिक्री वितरण थालेको हो। कम्पनीमा सुरज वैद्यको ६०, रितुसिंह वैद्यको ३० र सुसन वैद्यको ३० प्रतिशत स्वामित्व छ।