काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७.४४ अंकले उकालो लागेर १ हजार ९ सय ८१.४८ अंकमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१९ अंकले वृद्धि भई ३ सय ८५.३६ मा पुगेको छ । कुल २ सय २७ कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २४.४६, व्यापार एक सय सात दशमलव २९, होटल तथा पर्यटन ६६.९७, विकास बैंक एक सय ६०.८९, जलविद्युत् ७८.६१, वित्त ९७.१३, निर्जीवन बिमा १ सय १६.९६, उत्पादन एक सय ११.७५, अन्य ४०.५ लघुवित्त १ सय ६.३३, सामूहिक लगानी कोष ०.१८ र लगानी २.५६ अंकले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार ९सय ९६ रूपैयाँ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ५१ लाख ६९ हजार ३ सय २८ रूपैयाँ बराबरको कारोबार भयो ।
गुर्खाज फाइनान्स ४ करोड ५७ लाख ७ हजार ७ सय २२ रूपैयाँ, हिमालयन एभरेष्ट इन्सुरेन्स ४ करोड ३४ लाख ४७ हजार रूपैयाँ, अपी पावर कम्पनी ४ करोड २९ लाख ६८ हजार ६ सय र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख ३७ हजार ८ सय १७ रूपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी ८.३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी ७.८१, सामुदायिक लघुवित्त ७.८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ७.७२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड ८.९५, सनराइज फस्ट म्युचुअल फन्ड ७.६७, सानिमा लार्ज क्याप फन्ड ३.१९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाएका छन् ।