काठमाडौं। नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैं धमाका अभियान घोषणा गरेको छ। अभियान बुधबारदेखि सुरु भएकाे छ ।
अभियान गत वर्षको तुलनामा ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निशुल्क सपिंग, २ हजार ५ सयसम्मको प्रि पेमेन्ट छुट, १० हजारसम्मको मेगा भाैचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआइयु एनक्युआई इलेक्ट्रिक स्कुटर जित्ने छन्।
कार्ड प्रि पेमेन्ट छुटमा ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २० हजार र क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम २५ हजारसम्मको छुट पाउन सक्नेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्।
यस्तै एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इ-सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम १ हजारसम्मको अतिरिक्त छुट पनि पाउनेछन्।
विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्स् अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रि पेमेन्टमार्फत एक रूपैयाँ अग्रिम भुक्तानी (प्रि पे) गर्नु पर्छ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई एक रूपैयाँ फिर्ता गरिनेछ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट
दराज दसैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ। ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्छ ।
यस्तै गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन्।
अभियानका थप हाइलाइटहरूमा सेक-सेक भाैचर, ११ को बजार, आजको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उस्ले जित्यो, सेलको झट्का र स्टोरवाइड अफर समावेश छन्।