काठमाडौं । नमस्ते पेले दसै, तिहार तथा छठ पर्वलाइ समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यास्बयाक प्राप्त गर्नेछन्।
प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।
त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको कम्पनीले जनाएको छ ।
हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १०० प्रतिशत क्यासब्याक पाउनेछन् भने अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् ।
दसैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन्।
अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १० प्रतिशत क्यासव्याक पाउने ‘नमस्ते पे’ले जनाएको छ ।
प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइने छ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।
त्यसैगरी, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, उडान टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।