काठमाडाैं । हिरो मोटोकर्पले नेपालमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ। प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको बताइएको छ।
परिष्कृत इन्धन दक्षता प्रदान गर्ने यस स्प्लेन्डरलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ।
यस स्प्लेन्डरमा चालकले सवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितो रूपमा प्राप्त गर्न सक्छन्। यसमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ । जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ।
इन्जिनमा एडभान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ । जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्ने बताइएको छ।
यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ। चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड–स्ट्यान्ड इन्जिन कट–अफ’ रहेको छ।
यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङका लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको बताइएको छ। ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रङमा बजारमा उपलब्ध रहेको यो मोटरसाइकलको मूल्य २ लाख ६६ हजार रुपैयाँमा कायम गरिएको छ।