काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १ हजार ९३४.०४ अंकमा पुगेकाे छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८३ अंकले उकालो लागेर ३ सय ७६ दशमलव १७ मा पुगेको छ । कुल २ सय ३१ कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४ सय १० रूपैयाँमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार मंगलबार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको हो । बैंकिङ १०.९१, व्यापार २७.५९, होटल तथा पर्यटन २९.९२, विकास बैंक ६०.०३, जलविद्युत् २०.७८, वित्त ३४.११, निर्जीवन बिमा ५८.७७, उत्पादन ९०.६५, अन्य १५.८२, लघुवित्त ५३.५८, जीवन बिमा ९६.२२, सामूहिक लगानी कोष ०.११ र लगानी ०.९५ अंकले बढेकाे छ ।
मंगलबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ७४ अर्ब १७ करोड ५१ लाख २५ हजार ९ सय ५३ रूपैयाँ बराबर भएको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ९४ लाख ८९ हजार २ सय ४५ रूपैयाँ बराबरको कारोबार भयो ।
यस्तै रिडी हाइड्रो पावर ५ करोड ६३ लाख १० हजार ६ सय ७३, हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ करोड ८४ लाख २७ हजार १ सय ८५, अरुण काबेली पावर ३ करोड ७३ लाख ९ हजार २ सय ३० रूपैयाँ र अपी पावर कम्पनी २ करोड १७ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ७६, सानिमा लार्ज क्याप फन्ड ६.६७, युनिभर्सल पावर कम्पनी ४.६७ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव २४ प्रतिशतले कमाएका छन् ।
नेपाल बैंकको ऋणपत्र ९.५९, सामुदायिक लघुवित्त २.१०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो १.६९, युनाइटेड इदी मर्दी हाइड्रोपावर १.६२ र नवील ब्यालेन्स फन्ड दोस्रोका लगानीकर्ताले १.४० प्रतिशतले गुमाएका छन् ।