काठमाडौं । विश्वप्रसिद्ध सटिङ सुटिङ ब्रान्ड रेमन्डले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार-६, बूढानीलकण्ठ काठमाडौंमा सोमबार भव्य कार्यक्रमबीच पूर्वराष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले उद्घाटन गरे । नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेमन्ड ब्रान्डका कोट, सर्ट, टाइ, पाइन्ट तथा अन्य रेडिमेड सामग्रीहरू पनि उपलब्ध छन् ।
यस ब्रान्डका कपडाहरूमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक विशेषतायुक्त गुणस्तरीय कपडाहरू रहेको शोरुमले जनाएको छ ।
यसले प्रयोग गर्ने कपडाहरूमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्चकोटीका कपडाहरू प्रयोग गरी तयार पारिएका रेमन्डका उत्पादनहरू अन्य ब्रान्डको उत्पादनभन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमन्डले जनाएको छ ।
सटिङ सुटिङका साथै रेमन्ड ब्रान्डमा प्रयोग हुने सामग्री अष्टे«लियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त छ ।
रेमन्डका अध्यक्ष सञ्जय अधिकारी आफ्नो ब्रान्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताए । त्यसैले उपभोक्ताहरूलाई उनले यस ब्रान्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमन्ड ब्रान्ड खरिद गर्न सक्ने बताए ।
नेपालको पुतली सडकमा रेमन्ड ब्रान्डको आधिकारीक शोरुम पहिलो पटक सन् १९९९ मा सञ्चालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेटसहित रेमन्डका ब्रान्डहरू देशका विभिन्न ६ स्थान दरबारमार्ग, न्युरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा छन् ।