काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी हिल्स प्राइभेट लिमिटेडले ललितपुरको भैंसेपाटीमा सिजी प्रिमियम हिल्स हाउजिङ निर्माण गरिरहेको छ । हाउजिङ निर्माणमा हालसम्म ४३ प्रतिशत प्रगति हासिल भएको छ । १५ वटा युनिटको सवसर्फेसको काम अन्तिम चरणमा पुगेको हिल्सले जनाएको छ ।
सिजीले सन् २०१८ देखि हाउजिङ परियोजनाको निर्माण सुरु गरेको हो । कोरोना महामारीले परियोजनाको काममा असर गरेको छ । जसले गर्दा आयोजनाको लागत २० प्रतिशतसम्म बढेको विकासकर्ता सिजी हिल्सले जनाएको छ । ५२ वटा बंगला बनाउने तयारी सिजीको छ । मुख्य रूपमा भूमिमा लगानी र भूमि विकास संरचनागत विकासका ठूला कामहरू सुरु हुन बाँकी छ ।
बैंकिङ क्षेत्रमा तरलता र रियल इस्टेट ऋणमा भएको कडाइले तरलताको उपलब्धतालाई कम गर्ने सम्भावना छ । क्षेत्र बढ्दै गएको छ, यसले तदनुसार आवास बजारमा प्रतिस्पर्धात्मक तीव्रता बढाएको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअन्तर्गत कम्पनीले सो परियोजना कार्यान्वयनमा ल्याएको हो ।
भीआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैंसेपाटीको विशेष आकर्षणका रूपमा सिजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको हो । सरकारले भैंसेपाटीमा मन्त्रीक्वार्टरलगायत अन्य आवासीय संरचनाहरू निर्माण गरिरहेको छ ।
परियोजनामा चार प्रकारका घर निर्माण हुनेछन । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् ।
आवासीय क्षेत्रका रूपमा परिचित भैंसेपाटीको विशेष आकर्षणका रूपमा सिजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको समूहले जनाएको छ ।
कम्पनीले ९० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । ग्रुपको सिजी डेभलपर्स प्रालिको ५० प्रतिशत हिस्सा रहेको छ । सिजीले काठमाडौं रेजिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र सिजी हिल्स हात्तीगौडा आवास परियोजनाले सफलता प्राप्त गरेका छन् ।