काठमाडौं । लगानी बोर्डले दीर्घकालीन पूर्वाधार लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
बोर्डले यही भदौ २९ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो । बोर्डले दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘जिआरआइडी’ अर्थात् हरित, उत्थानशील र समावेशी विकास र पूर्वाधार संरचनाको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।
नेपालले विश्व जलवायु सम्मेलनमा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको सम्मेलनले साधन स्रोतको परिचालन कोसेढ्ंगा सावित हुने बोर्डको अपेक्षा गरेको छ ।
उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । कार्यक्रममा लगानीकर्ता÷निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञ तथा सरोकारवाला निकायको सहभागिता रहने बोर्डले जनाएको छ ।
सम्मेलमा सार्वजनिक–निजी साझेदारी परियोजना बैंक, परियोजना विकास सम्बन्धमा गरिने समझदारी तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन र लगानी सम्भाव्य परियोजनाका बारेमा बहस गरिने बोर्डले जनाएको छ ।
साथै, परियोजना बैक, नेटवर्किङ एंव स्टलसम्बन्धी जानकारी गराइने उल्लेख छ ।