काठमाडैं । बिहे नेपाल भिआईपी क्लबकाे उद्घानटन गरिएकाे छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा एक कार्यक्रमकाे आयाेजना गरेर क्लबकाे नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष तथा 'एड गुरु' निर्मल राज पौडेलले भिडियो रिमोटद्वारा स्विचअन गरेर उद्घाटन गरे ।
उक्त कार्यक्रममा बेहे नेपालले वेलकम इभेन्ट म्यानेजमेन्टसँग सम्झाैता समेत गरेकाे छ । सम्झाैतामा बिहे नेपालकी निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टकी रिजा पौडेलले हस्ताक्षर गरेका छन् । बिहे नेपाल भिआईपी क्लबबारे संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिइन् ।
श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदि बहिनी) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेका ह्रन् । भेस्पर वाइन र कर्मा लाउन्जले कार्यक्रमकाे प्रायोजन गरेका छन् ।
के हाे बिहे नेपाल ?
बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोगमार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ। रावा सफ्टवेरद्वारा २४ फेब्रुअरीमा लन्च गरिएको थियाे । एपको प्रयोगमार्फत विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन्।
नयाँ एपको लेआउट, भिआईपी क्लब, एवम् एपमार्फत इभेन्ट बुकिंग र बिहे नेपाल ब्ल्याक कार्डजस्ता नयाँ सुविधा रहेकाे छ ।
क्लबमा तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहनेले अनिवार्य रुपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भिआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा रहेर जीवनसाथी भेटाउन सक्नेछन्।
भिआईपी सदस्यहरूले भिआईपीलगायत स्टाण्डर्ड सदस्यहरुको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाइन भेट्घाटसमेत गर्न पाउने छन्।
वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोहका लागि आवश्यक पर्ने क्याटेरिङ, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन्।
बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ । जसको प्रयोगले आवद्ध भएका कम्पनीहरुद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारीसाधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफीलगायतका सेवाहरु लिएमा उपहार र छुटकाे व्यवस्था गरेकाे छ ।