पाेखरा । 'एक्सेल एन्ड इलेभेट' नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकाे तीन दिने 'इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप' पोखरामा सम्पन्न भएकाे हाे ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले आयाेजना गरिएकाे सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष सिंहले दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीको कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी दिइन् । सम्मेलनमा विभागीय प्रमुखसहित२ सय प्रशासनिक कर्मचारीककाे सहभागिता थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिकलक्ष्य हासिल गर्न सकिने बताए । उनले बिमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले बिमा समितिबाट कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देशनअनुसार कार्यक्रम गरिएकाे र आगामी दिनमा पनि कार्यक्रम गर्ने जानकारी दिए ।
कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बिमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा जानकारी दिएका थिए ।
सम्मेलनमा सहभागी कर्मचारीलाई संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।नेपाल पुन: बिमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वमा प्रकाश पारेका थिए ।
साथै कम्पनीका विभागीय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजीकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए ।
सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।