काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.६१ प्रतिशतले घटेको छ । यस दिन नेप्से ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको हो ।
आज १ हजार ९५१ बिन्दुमा खुलेको बजार दोहोरो अंकले घटेर १ हजार ९३९.८८ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा १ अर्ब तलको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु १ हजार ९५५ बिन्दु र न्यून १ हजार ९३३ बिन्दु समातेको थियो । आज नेप्से परिसूचकसँगै कारोबार पनि घटेको छ । आज नेप्सेमा ८२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब १७ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा ३५ करोड रुपैयाँ कारोबार घटेको छ ।
आज नेप्सेमा २ सय २४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२४ कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
त्यस्तै १० कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । आज नेप्सेमा सनराइज फस्ट म्युचुअल फन्डकोे सर्वाधिक ७.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, अपर हेवाखोलाको ६.३८ प्रतिशत र लक्षी उन्नति कोषको सेयर मूल्य ५.१० प्रतिशतले बढेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा नेपाल टेलिकमको सर्वाधिक ५ करोड १५ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँको कारोबार र रिडी सर्वाधिक ३ करोड ३ लाख रुपैयाँको कारोबार गरेको छ ।