विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी रूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा घटेको छैन ।
मंगलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपि सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मंगलबार सङ्क्रमित घटेका छन् ।
हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २ करोड ३७ लाख ९१ हजार ९ सय ६१ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् । मंगलबार कोरोना सङ्क्रमणको कारण ४६ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार २ सय ४९ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।
यसैबीच भारतमा एकै दिनमा पाँच हजारभन्दा बढीमा कोरोना सङ्क्रमिण्त भएका छन् । यहाँ २४ घण्टाको समयावधी अर्थात मंगलबार मध्यरातिसम्म पाँच हजार तीन सय ७९ जना कोरोना सङ्क्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा ४ करोड ४४ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्यांकनुसार एक दिनमा ४ हजार ४ सय १७ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५ सय ९४ जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
चौबिस घण्टाको समयावधि अर्थात मंगलबार मध्यरात कोरोना सङ्क्रमणबाट भारतमा २७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म ५ लाख २८ हजार ५७ जनाको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा ७ हजार ९४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कुल ४ करोड ३८ लाख ९३ हजार ५ सय ९० जना कोरोनामुक्त भएका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १४ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । यसैबीच भारतको छिमेकी देश पाकिस्तानमा मंगलबार थप एक सय ५८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
यसैसँगै पाकिस्तानमा १५ लाख ७० हजार चार सय ६२ जना कोरोना कूल सङ्क्रमित भएका छन् । पाकिस्तानमा मंगलबार कोरोना सङ्क्रमणको कारण १ सय ५ जनाको मृत्यु भएको छ । कोरोना सुरु भएयता पाकिस्तानमा ३० हजार ५ सय ९४ जनाले ज्यान गुमाएका छन् । सिन्हा