काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ १.०८ प्रतिशतले घटेको छ । यस दिन नेप्से २१.२२ अंकले घटेर १९५१.७९ बिन्दुमा झरेको हो।
मंगलबार (आज) १ हजार ९७४ बिन्दुमा खुलेको बजार दोहोरो अंकले घटेर १ हजार ९५१.७९ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा १ अर्ब तलको कारोबार भएको छ ।
मंगलबार नेप्से उच्च बिन्दु १ हजार ९७८ बिन्दु र न्यून १ हजार ९४७ बिन्दु समातेको थियो । मंगलबार नेप्सेपरिसूचक घटेपनि कारोबार भने बढेको छ ।
मंगलबार नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ८९ करोडको कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा ३० करोड रुपैयाँ बढी कारोबार भएको छ ।
मंगलबार नेप्सेमा २ सय २७ कम्पनीको ३२ लाख ९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२७ कम्पनीमध्य १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ । मंगलबार नेप्सेमा उन्नती सहकार्य लघुवित्तको सर्वाधिक ९.६८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, एनएमबि हाइब्रिड फन्डको २.५४ प्रतिशत, सामुदायिक लघुवित्तको १.९९ प्रतिशत र मंन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १.९६ प्रतिशतले बढेको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ७.२१ प्रतिशतले घटेको छ । मंगलबार नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९ करोड १४ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, रिडि सर्वाधिक ९ करोड ११ लाख रुपैयाँको कारोबार गरेको छ ।