एजेन्सी । तेल उत्पादक तथा निर्यातक देशहरुको संगठन (ओपेक) प्लसको सोमबार बसेको बैठकले अक्टोबरको लागि सामूहिक तेल उत्पादन लक्ष्य प्रति दिन १ लाख ब्यारेलले कटौती गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
यद्यपि, रसियाले तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको कदमको विरोध गरेको छ । सोमबारकै अर्को सुपर छोटो बैठकमा ओपेक उत्पादन सम्झौताका ऊर्जामन्त्रीहरूले लक्षित उत्पादन स्तरहरू अगस्ट कोटामा फिर्ता हुन सहमत भएका छन् ।
गत महिनाको वृद्धिको उद्धेश्य सेप्टेम्बरको लागि मात्र थियो । साउदी अरेबियालगायत धेरै ओपेक सदस्यहरूले यस्तो कदमलाई समर्थन गर्ने संकेत दिएका छन् । स्रोतहरूका अनुसार रूस ओपेकको निर्णयमा सहमत छैन ।
कारण आपूर्ति कटौतीले ठूला एसियाली तेल खरिदकर्ताहरूमा आफ्नो प्रभाव कम गर्न सक्छ । किनभने यो संसारमा माग भन्दा बढी तेल छ भन्ने संकेत हुनेछ ।
वालस्ट्रिट जर्नल स्रोतहरूका अनुसार रूसले गत हप्ता प्रारम्भिक बैठकमा उत्पादन कटौतीको निर्णयमा आपत्ति व्यक्त गरेको थियो ।
ओपेक तेल उत्पादक समूहको संयुक्त मन्त्रीस्तरीय अनुगमन समितिले अघिल्लो बैठकमा दैनिक १ लाख ब्यारेल कटौतीलाई समर्थन गरेको थियो । बैठकले ओपेकले भनेको छ, ‘आवश्यक भएमा बजारको विकासलाई सम्बोधन गर्न जुनसुकै बेला ओपेक र गैरओपेक मन्त्रीस्तरीय बैठक बोलाउने विचार गर्न अध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ ।’
ओपेकको अर्को नियमित मासिक बैठक अक्टोबर ५ मा हुने भएको छ । ओपेकको कटौतीको निर्णयपछि विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतले बढेको छ । ब्रेन्ड क्रुडमा कच्चा तेलको भाउ बढेर प्रति ब्यारेल ९६.६० डलर पुगेको छ ।
ओपेकको तेल कटौती निर्णयले विश्व बजारमा कच्चा तेलको भाउ पुनः उकालो लाग्ने संभावना बढाएको छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेर ऐतिहासिक रेकर्ड कायम राखेको थियो ।
पछिल्लो समय भाउ घटे पनि ब्यारेलको ९० देखि १०० डलरको वरिपरी घुमिरहेको छ । सन २०२१ मा विश्वमा ८ करोड ९९ लाख ब्यारेल कच्चा तेल उत्पादन भएको थियो ।
गत वर्ष ओपेक उत्तर अमेरिका, कमनवेल्थ अफ इनडेपिन्डेन्ट स्टेटस (सीआईएस) धेरै तेल उत्पादन गर्ने संगठन र क्षेत्र परेका छन । कुल आपूर्तिमा ओपेकको ३५ प्रतिशत हिस्सा रहेको छ । ओपेक मुलुकहरुले ३ करोड १७ लाख ब्यारेल तेल उत्पादन गरेका छन ।
अमेरिका, साउदी अरेविया र रुसी महासँघको उत्पादन हिस्सा ४३ प्रतिशत रहेको छ । अमेरिकाको १८.५, साउदीको १२.२ र रुसको १२.२ प्रतिशत हिस्सा रहेको छ ।
अमेरिकाले १ करोड ६६ लाख, साउदीले १ करोड १० लाख र रुसले १ करोड ९ लाख ब्यारेल कच्चा तेल उत्पादन गरेका छन । ओपेक देशहरू सामूहिक रूपमा सबैभन्दा ठूलो तेल उत्पादक हुन्, साउदी अरेबियाले मात्र ओपेक उत्पादनको एक तिहाइ ओगटेको छ ।
विश्व २१ औं शताब्दी ऊर्जा संकटको बीचमा छ । उच्च ऊर्जा मूल्यहरू विशेष गरी तेल, ग्याँस र कोइलाको लागि विभिन्न देशहरूमा दशकौं उच्च मुद्रास्फीति बढाएको छ । जसमध्ये केहीले ऊर्जा अभाव पनि अनुभव गरिरहेका छन ।
युक्रेनमा रूसको भर्खरैको आक्रमणले संकटलाई बढाएको छ । किनभने रुस तेल र प्राकृतिक ग्यासको प्रमुख उत्पादक र निर्यातकर्ता मुलुक हो । रुसबाट ग्यास र तेल आपूर्ति बन्द भएपछि युरोप क्षेत्रमा इन्धको भाउ दोब्बर बढेको छ ।
दोब्बर मूल्य बढेका कारण युरोपको धनी मुलुक इटालीले मात्र १ खर्ब युरोको इन्धन खरिद गरेको छ । यो मूल्य अघिल्लो वर्षको भन्दा दोब्बर हो । यस्तै बेलायत, जर्मनी र फ्रान्सलगायत अन्य मुलुकहरु पनि ऊर्जाको मूल्य वृद्धिको मारमा परेका छन् ।