काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.२२ प्रतिशतले घटेको छ । यस दिन नेप्से ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा झरेको हो ।
साेमबार १ हजार ९७८ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर १ हजार ९७३.०१ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा १ अर्ब तलको कारोबार भएको छ ।
साेमबार नेप्से उच्च बिन्दु १ हजार ९८७ बिन्दु र न्यून १ हजार ९७० बिन्दु समातेको थियो । आज नेप्सेपरिसूचकसँगै कारोबार पनि घटेको छ । आज नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा १३ करोड रुपैयाँ कारोबार घटेको छ ।
साेमबार नेप्सेमा २ सय २४ कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२४ कम्पनीमध्य ६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
त्यस्तै १० कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ । साेमबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक ७.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९.१८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयरमूल्य ३.२३ प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युतको सेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ । साेमबार नेप्सेमा रिडि सर्वाधिक ९ करोड ९६ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख र नबिल बैंकको ४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।