काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सम्पन्न भएको छ ।
भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लगर सँगै राइड मन पराउने २ सयभन्दा बढी राइडरको सहभागिता थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरूको सहभागिता थियो ।
माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न साे राइड कार्यक्रम भक्तपुरको राधे राधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो ।
कार्यक्रममा पछिल्लो समय युवाहरूमाझ निकै चर्चित मोटो भ्लगर विविद जंग थापा (एमआरबी) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिति थियो । कार्यक्रममा र्याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुतिसमेत दिएका थिए ।
माइपेका सिइओ मनोज मेहताले नेपाली युवाहरू माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरूको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरू थप्दै लगिने जानकारी दिए ।
यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ हेड रोशन सिग्देलले युवाहरूमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरूकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।
नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरूलाई नयाँ अनुभवको अवसर दिएको तथा आफू पनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरू अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए ।
डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जनाकारी गराउने साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।