विश्वव्यापी खाद्य संकटले गरिबका दैनिक जीवन झनै असुरक्षित बनाउने खतरा बढेको छ । यही अवस्थाले देशहरू आर्थिक, सामाजिक र राजनीतिक अस्थिरता जोखिममा, दशकौंदेखि नदेखिएको चरम गरिबीमा फर्किने अवस्था आएको छ ।
युक्रेनमा रुसको आक्रमणले जलवायु परिवर्तन र महामारीसँग सम्बन्धित आपूर्ति झट्काले कमजोर भएको विश्वव्यापी खाद्य प्रणालीको कमजोरी उजागर गरेको छ ।
दुवै देश गहुँ, मकै, सूर्यमुखी तेल, जौ साथै रासायनिक मल प्रमुख उत्पादक हुन् । ती सबै आपूर्ति अवरोधका कारण धेरै देशमा बढ्दो रूपमा कमजोर भइरहेका छन् । ऊर्जाको बढ्दो मूल्य, विशेषगरी प्राकृतिक ग्यासका लागि मलको मूल्य वृद्धि भएको छ ।
यदि युक्रेनमा अझै युद्ध चर्कियो भने खाद्यान्न मूल्य गरिब उपभोक्ताको पहुँच बाहिर पुग्ने छ । यसले अभाव बढाउँदै र निर्माणमा लामो समय संकट उत्पन्न हुनेछ ।
द्वन्द्वअघि नै संसारभरि ९ करोडभन्दा बढी मानिस हरेक रात भोकै सुत्ने गर्थे । लगभग साढे ४ करोडले आसन्न अनिकाल सामना गर्नुपरेको थियो । भोकमरी एसिया र प्रशान्त क्षेत्रमा दैनिक चुनौती हो, जहाँ धेरै देश शुद्ध खाद्य आयातकर्ता छन् र खाद्यान्न झट्काको जोखिममा छन् ।
द्वन्द्वअघि नै संसारभरि ९ करोडभन्दा बढी मानिस हरेक रात भोकै सुत्ने गर्थे । लगभग साढे ४ करोडले आसन्न अनिकाल सामना गर्नुपरेको थियो । भोकमरी एसिया र प्रशान्त क्षेत्रमा दैनिक चुनौती हो, जहाँ धेरै देश शुद्ध खाद्य आयातकर्ता छन् र खाद्यान्न झट्काको जोखिममा छन् ।
कुपोषण व्याप्त छ, विश्वका पाँच वर्षमुनिका आधा बालबालिका यस क्षेत्रमा बस्छन् । सन् २०२० मा लगभग साढे ४ करोड मानिसले गम्भीर खाद्य असुरक्षा सामना गरेका थिए ।
खाद्यान्नको बढ्दो मूल्यले फिलिपिन्सजस्ता देशमा तीव्र संकट निम्त्याउन सक्छ, जहाँ कूल घरायसी खर्चको लगभग ४० प्रतिशत खाद्यान्न खपत हुन्छ । श्रीलंकामा अहिले खाद्यान्नको मूल्य ५८ प्रतिशतले बढेको छ । त्यस्तै त्यहाँको अर्थतन्त्र गम्भीर आर्थिक र वित्तीय अशान्तिबाट गुज्रिरहेको छ ।
हामी आसा गछौं कि विशेषगरी यदि युक्रेनबाट खाद्यान्न विश्व बजारमा ल्याउन सके सरकारहरू र विश्व खाद्य कार्यक्रमजस्ता अन्तर्राष्ट्रिय संस्थाले जीवन बचाउने प्रयासको यो भयानक परिदृश्य रोक्न सक्छन् ।
तर, हामीले ठूलो सोच्नुपर्छ । यो एक बलियो, अधिक दिगो र समान वैश्विक खाद्य प्रणाली सिर्जना गरेर एकपटक र सबैका लागि खाद्य आपतकाल समाप्त गर्न दबाबजस्तै छ । पछिल्लो समय यसमा केही प्रगति भने भएको छ ।
प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सँगै काम गर्न र कमजोर मानिसका लागि आफ्नो समर्थन विस्तार गर्न, खुला व्यापार प्रवद्र्धन गर्न, मल अभाव घटाउन, खाद्य उत्पादन बढाउन र जलवायु अनुकूल कृषिमा लगानी गर्न सहमत भएका छन् ।
गरिबका लागि दीर्घकालीन खतराका रूपमा अनिकाल अन्त्यलाई छिटो बनाउने कार्यका लागि तीनवटा स्पष्ट बाटा छन् ।
पहिलो, हामीले विश्वभरिका सरकारबीच खाद्य सुरक्षामा सहयोग बढाउनुपर्छ । दीर्घकालीन रूपमा व्यापार अवरोध हटाउन बलियो, थप लचिलो कृषि मूल्य शृंखला सिर्जना गर्नेछ, र कृषि व्यवसायलाई अझ प्रभावकारी उत्पादक र खाद्य वितरक बन्न सशक्त बनाउँछ।
दोस्रो, एसियाका साढे ३ करोड साना किसानलाई समर्थन गरेर विश्वव्यापी खाद्य उत्पादनलाई रूपान्तरण गर्नु आवश्यक छ । जसले यसको ३० प्रतिशतभन्दा बढी खाद्य उत्पादन गर्दछ ।
उनीहरूलाई मलमा कम निर्भर बालीमा परिवर्तन गर्न र बायोचारजस्ता मल र ड्रिप सिँचाइजस्ता प्रविधिहरू प्रयोग गर्न मद्दत चाहिन्छ जुन कम वातावरणीय हानिकारक र अधिक मौसम लचिलो हुन्छ ।
यसले समुदायलाई खाद्यान्न अभावविरुद्ध अतिरिक्त ‘बफर’ पनि प्रदान गर्नेछ । एसियाली विकास बैंक (एडिबी) ले नेपालका दुर्गम क्षेत्रका ४० हजार गरिब घरपरिवारका लागि जलवायु उत्थानशील बालीका लागि गुणस्तरीय बिरुवा उपलब्ध गराउन मद्दत गरेको छ ।
मेकङ नदी वरपरका देशमा प्रमुख बागवानी उत्पादनको ‘ट्रेसेबिलिटी’ बढाउन डिजिटल प्रविधि विकास भइरहेका छन् । ग्रामीण समुदायमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न मंगोलियामा प्रारम्भिक चेतावनी प्रणाली निर्माण भइरहेको छ । यसले उनीहरूलाई बाली, पशुपालन र माछापालनमा सूचित निर्णय लिन र आधुनिक उत्पादन तथा बजारीकरण अभ्यास अपनाउन मद्दत गर्दछ ।
मेकङ नदी वरपरका देशमा प्रमुख बागवानी उत्पादनको ‘ट्रेसेबिलिटी’ बढाउन डिजिटल प्रविधि विकास भइरहेका छन् । ग्रामीण समुदायमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न मंगोलियामा प्रारम्भिक चेतावनी प्रणाली निर्माण भइरहेको छ । यसले उनीहरूलाई बाली, पशुपालन र माछापालनमा सूचित निर्णय लिन र आधुनिक उत्पादन तथा बजारीकरण अभ्यास अपनाउन मद्दत गर्दछ ।
अन्त्यमा, हामीले पोषणयुक्त खाना आपूर्तिमा सुधार गर्नुपर्छ । द्वन्द्व प्रभावित देश र साना टापु विकासोन्मुख राज्यमा पोषण कम हुनु गम्भीर चुनौती हो ।
आहार विविधता अभाव र प्रशोधित तथा अस्वस्थ्य खानाको उच्च उपभोग कुपोषण, सूक्ष्म पोषक तत्व कमी र मोटोपनाका मुख्य कारण हुन् । यस चुनौतीलाई सम्बोधन गर्न मद्दत गर्न एडिबीले यस क्षेत्रमा पोषणयुक्त धान प्रयोग बढाउँदै छ ।
पछिल्लो खाद्य संकट लामो समयदेखि जारी महामारीका चुनौती, ऊर्जामा बढ्दो मूल्य र जलवायु परिवर्तनका कारण हुने चरम मौसमी घटनासँग मेल खान्छ । तर, यो छिट्टै कट्न सक्छ । जबसम्म विश्वव्यापी खाद्य प्रणाली सुधार गरिँदैन तबसम्म अन्य सम्भावित खराब, खाद्य आपतकाल हुनेछन् ।
हामीले सबै, विशेष गरी गरिबलाई आवश्यक पौष्टिक र किफायती खाना दिने साहसी निर्णय गर्न सँगै काम गर्नुपर्छ ।
(ब्रुनो काररास्को एसियाली विकास बैंकका दिगो विकास र जलवायु परिवर्तन विभागका महानिर्देशक हुन् ।)