नेपाल राष्ट्र बैंक र समग्र बैंकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैंकिङ प्रवर्धनले रंग ल्याएको देखिन्छ। २०७८ असारमा बजारमा चलन चल्तीमा ५ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँका नोटहरू थिए ।
२०७९ असारमा चलन चल्तीका कुल नोटहरू ११.६ प्रतिशतले घटेर ५ अर्ब ५ अर्ब ९० करोड रुपैयाँ बराबर रहेको छन। नोट ब्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन्।
सानो एकाइका खुद्रा नोटहरू राष्ट्र बैंकलेसमेत जम्मा गर्न मान्दैन । यसैले बैंक तथा वित्तीय संस्थाहरुको कतिपय शाखाहरूको भल्टमा होइन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन्।
खुद्रा नोट व्यवस्थापन साच्चै नै व्यबस्थापना समस्याका रुपमा रहेको छ। फेरि हामीले दसैंका लागि नयाँ नोट सटही गर्ने सुरसारमा छौं। दसैं तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैको लागि बन्द गरिनुपर्छ।
नोटलाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ। एकातर्फ बैकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु हुँदैन जस्तो लाग्छ।
बरु यस वर्षलाई डिजिटल दक्षिणा वर्षको रुपमा मनाउ र दक्षिणा खातामा रकमान्तर गरेर दिउँ । यसो गर्दा पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङ क्षेत्रलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाई पनि नहूने हुन्छ । नोटको आयु घटने पनि दसैंको बेला नै हो। पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन।
नयाँ नोट सटही गर्ने होइन कि डिजिटल कारोबारलाई बढावा दिदै सकेसम्म डिजिटल दक्षिणा वर्ष मनाउँदा कसो होला ?
(लेखक नबिल बैंकका डेपुटी सिइओ हुन्)