काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.३४ प्रतिशतले बढेको छ । यस दिन नेप्से ६.६८ अंकले बटेर १९७७.३० बिन्दुमा पुगेको हो ।
आज १ हजार ९७१ बिन्दुमा खुलेको बजार सामान्य अंकले बढेर १ हजार ९७७.३० विन्दुमा बन्द भएको हो । बढेको बजारमा १ अर्ब बढीको कारोबार भएको छ । आज नेप्से उच्च बिन्दु १ हजार ९८८ बिन्दु र न्यून १ हजार ९६९ बिन्दु समातेको थियो ।
आज नेप्सेपरिसूचक बढेसँगै कारोबार रकममा सुधार आएको हो । आज नेप्सेमा १ अर्ब ७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा ६९ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा ३८ करोड रुपैयाँ बढी कारोबार भएको हो ।
आज नेप्सेमा २ सय २७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२७ कम्पनीमध्य १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ ।
आज नेप्सेमा रु रु जलविद्युत कम्पनीको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९.१८ प्रतिशत, जोशी हाइड्रोपावरको ८.१२ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ६.३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक २.८६ प्रतिशतले घटेको छ । आज नेप्सेमा रिडी सर्वाधिक ८ करोड ९१ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, नेपाल टेलिकमको ६ करोड ५३ लाख र नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।