काठमाडौं । भिभोले आफ्नो नयाँ भि २५ सिरिजका स्मार्टफोनहरू – भि २५ फाइभ जि र भि २५ इ को प्रि–बुकिङ खुला गरेको छ । भि २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी २५ फाइभ जि को प्रि–बुकिङ सेप्टेम्बर ४ देखि ७ सम्मका लागि खुला गरिएकाे हाे ।
जसमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भि २५ इ को प्रि–बुकिङमा एंकर यूआइ नेकब्यान्ड पाउँन सक्नेछन् । भि सिरिज उत्कृष्ट डिजाइन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ । भि २५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
भि २५ र भि २५ इ दवैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भि २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ ।
भि २५, भिभोको भी काे नयाँ स्मार्टफोन हो, जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्छ । भि २५ फाइभ जि र भि २५ इ दुवैमा ६४ एमपी ओआइएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरूलाई स्पष्ट बनाउँछ ।
त्यस्तै भि २५ फाइभ जि मा ५० एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ । भि २५ इ मा ३२ एमपी फ्रन्ट क्यामेरा छ । भि २५ सिरिजको दुवै स्मार्टफोनहरूमा प्रोसेसरहरू छन्, भि २५ फाइभ जि मा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भि २५ इ मा मिडिया टेक हेलियो जि ९९ प्रोसेसर प्रयोग गरिएको छ । भि २५ सिरिजका दुवै स्मार्टफोनमा ४५ सय एमएएच ब्याट्री छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्छ । यस्तै, भि २५ सिरिजमा ८ जिबी र्याम र १२८ जिबी रोम छ जसमा ८ जिबीको एक्सटेन्डेड र्याम पनि छ ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको बताए । उनका अनुसार भि २५ सिरिजले आफ्ना प्रयोगकर्ताहरूलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्छ ।
दुवै स्मार्टफोनहरू, भि २५ फाइभ जि र भि २५ इ ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरू र चौतर्फी अनुभव प्रदान गर्ने उनकाे भनाइ ।
भि २५ मा अत्याधिक रुचाइएको कलर चेन्जिङ ग्लास डिजाइनमा ल्याएकाे उनले जानकारी दिए । उनका अनुसार भि २५ सिरिज अब नेपालभर प्रि–बुकिङको लागि खुला गरिएकाे छ ।
नयाँ स्मार्टफोन खोजिरहेको सबैका लागि, भि २५ फाइभ जि दुई वटा कलर भेरियन्ट –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य ५२ हजार ९ सय ९९ छ । यस्तै, भिभो भि २५ इ को मूल्य ४२ हजार ९ सय ९९ रुपैयाँ छ र यो दुई कलर भेरिएन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ ।