एजेन्सी । भारतीय अर्थतन्त्रले पछिल्लो ८ वर्षमा ठूलो संरचनात्मक परिवर्तन पार गरेको छ । भारतले बेलायतलाई उछिनेर विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ ।
स्टेट बैंक अफ इन्डिया (एसबीआई) को अनुसन्धान रिपोर्टले अर्थतन्त्र अगाडि बढ्दै भारतले २०२७ मा जर्मनी र २०२९ मा जापानलाई हालको वृद्धि दरमा ओभरटेक गर्ने प्रक्षेपण गरेको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सन् २०१४ देखि भारतले चालेको सुधारको बाटोले सन् २०२९ मा विश्वकै तेस्रो ठूलो अर्थतन्त्रको ताज पाउने सम्भावना देखाएको छ । सन् २०१४ मा भारत १० औं स्थानमा रहेको थियो ।
भारतीय स्टेट बैंकको आर्थिक अनुसन्धान विभागको अध्ययन प्रतिवेदनले हालको वृद्धि दरमा भारतले सन् २०२७ मा जर्मनी र सन् २०२९ सम्ममा जापानलाई उछिन्ने अनुमान गरिएको छ ।
अहिले भारतको जीडीपी ३८ खर्ब ९४ अर्ब डलर रहेको छ । छैठौं स्थानमा रहेको बेलायतको जीडीपी ३६ खर्ब ८७ अर्ब डलरको छ ।अर्थतन्त्रको आकारमा पछि पारे पनि भारतको प्रतिव्यक्ति आय बेलायतको भन्दा कम छ। अहिले भारतीयको प्रतिव्यक्ति आय २ हजार ५०० डलर छ । बेलायतीको प्रतिव्यक्ति आय ४७ हजार डलर छ।
सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ । दोस्रोमा चीन, तेस्रोमा जापान, चौथोमा जर्मनी रहेकाे छ ।
‘यो कुनै पनि मापदण्डका लागि उल्लेखनीय उपलब्धि हो,’ एसबीआईका समूह प्रमुख आर्थिक सल्लाहकार सौम्या कान्ति घोषले भने ‘भारत, एक पूर्वब्रिटिश उपनिवेशलाई आर्थिक विस्तारमा पछि पारेको छ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्यांकअनुसार पूर्वबेलायती उपनिवेश भारतले २०२१ को अन्तिम तीन महिनामा बेलायतलाई उछिन्दै पाँचौं ठूलो अर्थतन्त्र बन्यो । जीडीपी गणना अमेरिकी डलरमा आधारित छ । भारतले पहिलो त्रैमासिकदेखि आफ्नो अग्रता बढाएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको आर्थिक वृद्धिदर १३.५ प्रतिशत थियो । यो दरले भारत चालु आर्थिक वर्षमा सबैभन्दा द्रुत गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने सम्भावना छ ।
चाखलाग्दो कुरा के छ भने सन् २०२३ मा भारतको आर्थिक वृद्धि वर्तमानमा ६.७ प्रतिशतदेखि ७.७ प्रतिशतको बीचमा हुने अनमान गरिएको छ । ‘अनिश्चितताको चपेटामा परेको विश्वमा ६ प्रतिशतदेखि ६.५ प्रतिशतको वृद्धि सामान्य हो भन्ने हाम्रो विश्वास छ,’ एसबीआईको प्रतिवेदनमा उल्लेख छ ।
व्यापक वित्तीय सशक्तीकरणको आधारमा वृद्धिले भारतको प्रतिव्यक्ति आय दरलाई हालको स्तरबाट पनि उठाउनेछ । यो वर्ष भारतीय अर्थतन्त्र ७ प्रतिशतभन्दा बढी बढ्ने प्रक्षेपण गरिएको छ । यस त्रैमासिकमा भारतीय स्टकहरूमा विश्व रिबाउन्डले भर्खरै उनीहरूको भार बढेको छ ।
बेलायतले भारतलाई सन् १८५८ देखि १९४७ सम्म आफ्नो उपनिवेश बनाएको थियो।
(द इकोनोमी टाइम्सको सहयोगमा ।)