काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान गर्ने सम्झाैता भएकाे छ । वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूकाे उपस्थितिमा सकाझेदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।
साझेदारी पत्र
१. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको क्षेत्रमा सहयोग आदान प्रदान गर्नेछन् ।
२. दुवै पक्षले प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्ने सन्दर्भमा सूचना, प्राविधिक सहयोग र विज्ञताको आदान प्रदान गर्नेछन् ।
३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबाट प्रविधिको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न यस आ.व.०७९/८० मा राष्ट्रिय आविष्कार केन्द्रलाई चालिस लाख रुपैयाँ सम्झौता बमोजिम खर्च हुने गरी अनुदान रकम उपलब्ध गराइनेछ ।
४. राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमित रुपमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रलाई जानकारी गराउनेछ ।
५. राष्ट्रिय आविष्कार केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दुबै पक्ष आवश्यक समन्वय र सहयोग गर्नेछन् ।
६. राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधिको प्रचारप्रसार र उपयोगको सम्बन्धमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, प्रर्दशनी जस्ता प्रवर्द्धनात्मक कार्यक्रम संयुक्त रुपमा गरिनेछ ।
७. नेपालमा स्थापित लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधि प्रयोग गर्न संयुक्त रुपमा प्रयास गरिनेछ ।
८. लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने यस्ता प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ ।
९. नेपालमा परम्परागत रुपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिहरुको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिनेछ।
१०. राष्ट्रिय आविष्कार केन्द्रले प्रविधि विकासको क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउन सक्नेछ। ११ यो समझदारी पत्र २०७० साल असार मसान्तसम्म बहाल रहनेछ । दुवै पक्षको आपसी सहमतिमा यो समझदारी पत्रको अवधि थप गर्न सकिनेछ।
१२. यस समझदारी पत्रमा उल्लेख गरिएका बँदाहरुको तदारुकताका साथ कार्यान्वयन गर्न गराउन दुवै पक्षको एक/एक जना । सम्पर्क व्यक्ति तोकिनेछ ।