काठमाडौं । सामसङ इकोसिस्टमले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ तथा वाच ५ प्रो बजारमा ल्याएको छ । सामसङले दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ ।
ग्यालेक्सी बड्स २ प्रो
सामसङको ताररहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रो ले गहन श्रवणको अनुभव प्रदान गर्नेछ । यसको बजार मूल्य २७ हजार ९ सय ९९ छ ।
बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँछ । यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भिडमा बसेर पनि सुन्न सकिने बताइएकाे छ ।
बड्स २ प्रो लाई पहिलेको तुलनामा सुधार गरिएको छ । यसले सबै बाहिरी हल्लाहरु नियन्त्रणगरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न सघाउँछ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सकिने कम्पनीले जनाएको छ ।
यसको एयर भेन्ट्स र विन्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएको छ । यसले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाऊँ दिने कम्पनीको दाबी छ ।
नयाँ ग्यालेक्सी वाच ५ सिरिज
सामसङले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो बजारमा ल्याएको छ । सामसङले उपकरणहरुको क्षमतालाई विस्तार गर्दै ल्याएको यो अर्को एक उदाहरण हो । सामसङले डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्रीको जीवन, टिकाऊपनालगायत उपकरणको सम्पूर्ण सुन्दरतामा परिर्वतन गरेको छ ।
दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले आफ्ना ग्राहकहरुलाई राम्ररी बुझन् सक्ने बनाइएको सामसङले जनाएको छ । पहिलो पटक ग्यालेक्सी वाच जिपिएक्स जडित भएकाले वाच ५ प्रोले तपाईंको गतिविधिहरुको रेकर्ड राखेर त्यस बारे जानकारी दिने कम्पनीको दाबी छ ।
यसकाे मोडल, आकार, आवरण रंग उपलब्ध छन् । यी दुवैको मूल्य वाच ५ (४०एमएम) ३९ हजार ९ सय ९९, वाच ५ (४४एमएम) ४४ हजार ९ सय ९९, वाच ५ प्रोको मूल्य ६४ हजार ९ सय ९९ कायम गरिएको छ ।