काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले क्याथे प्यासिफिक एयरलाइन्सलाई कार्गो दक्षताको मान्यता दिएको छ । लामो समयदेखि हङकङबाट उडान गर्दै आएको क्याथेलाई पहिलो कार्गो दक्षताको मान्यता दिएको हो ।
हवाई यात्रुसँगै कार्गो उडानमा पनि क्याथेले उत्कृष्ठता प्रदान गर्दै आएको छ । हङकङ विश्वको प्रमुख एयर कार्गो लजिस्टिक हब हो । एयर कार्गोको माग बढिरहेको बेला क्याथे प्यासिफिकले यस्तो सम्मान पाएको हो ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वको सबैभन्दा व्यस्त कार्गो एयरपोर्टको रुपमा प्ररिचित रहेको छ । सो विमानस्थलले २०२१ का लागि सबैभन्दा धेरै टन भार बोक्ने विमानस्थलको रुपमा गत वर्षको शीर्ष श्रेणीको मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थललाई पछि पारेको थियो । भने एयरपोट्र्स काउन्सिल इन्टरनेशनल (एसीआई) अनुसार दोस्रो स्थानमा रहेको छ ।
एसीआईको वार्षिक विश्व वरीयताले हङकङले गत वर्ष ५० लाख टनभन्दा बढी कार्गो ह्यान्डल गरेको थियो । जुन २०२०को भन्दा १२.५ प्रतिशतले बढेको थियो । यसले ४.९ मिलियन टनको तुलनामा १२.८ प्रतिशतले वृद्धि भएको ’अन्तर्राष्ट्रिय मालवाहक‘ टनेजमा पनि शीर्ष स्थानमा छ ।
दक्षिण एसिया मध्यपूर्व र अफ्रिकाका कार्गोका क्षेत्रीय प्रमुख राजेश मेननले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको सुदूरपूर्वदेखि बाँकी विश्वसम्मका खाडलहरु पुरा गर्ने प्रयासमा विगत केही वर्षहरुमा भएको ठोस कामको प्रमाण भएको बताए ।
क्याथे प्यासिफिक कार्गो टर्मिनल विगत केही वर्षहरुमा नयाँ जोशका साथ अगाडी बढ्दै गएको उनलेका भनाइ छ । क्याथेले आफ्ना ग्राहकहरुको अनुभवनलाई सुधार गर्ने र अन्तदेखि अन्त सेवाहरुको मेरुदण्डमा मूल्य थप्ने परिष्कृत दक्षता,विश्वसनीयता र दृश्यतामा ध्यान केन्द्रित गरिरहने उनले बताए । अहिले नयाँ प्रविधि अपनाएर आफ्नो प्रतिबद्धता अनुसार नै काम गरिरहेको जनाएको छ ।
क्याथेले हाल नेपालमा कार्गो उडान मात्र गरिरहेकामा असोज १५ देखि काठमाडौं हङकङ नियमति उडान गर्न लागेको छ ।