काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालीहरुको महान चाड, वडा दसैंको अवसरमा साओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । साओमीले आफ्ना ग्राहकहरूका लागि 'दशःएमआइ' काे विभिन्न अफरहरू ल्याएको हाे ।
एक महिना लामो 'दशः एमआइ' क्याम्पेनमा साओमी फोन खरिद गर्ने जो कोहीले पनि 'दशः एमआइ लक्की ड्रमा प्रत्यक्ष सहभागी भइ दशएमआइ क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन् ।
साओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष 'दशः एमआइ' अफर ल्याएको छ ।
'दशः एमआइ' क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले एमआइ को ४ एस ६५ का टिभि, चार जनाले एमआइ को ४३ को टिभि, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बड ३ लाइट, माेसन नाइट लाइट र नेक ब्यान्ड प्रोमध्ये बड ३ लाइट, मोसन लाइट र नेकब्यान्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।
यस अफर सार्वजनिक कार्यक्रममा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै एमआइ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएकाे बताएका छन् । ग्राहककाे मायाले उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहन गरेकाे उनले बताए ।
दशैंलाई लक्षित गर्दै साओमीले चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न विशेष अफर ल्याएको उनले जानकारी दिए ।
अफरहरू भद्र १६ देखि आश्विन १४ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागु हुनेछ ।