काठमाडौं । कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोकाकोलाको स्वादको रिफ्रेस्मेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
फेरि प्रयोग गर्न मिल्ने भएकाले यी आरजिबी बोटलहरू वातावरणमैत्री त छन् नै, यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेस बनाइ राख्छ । कोकाकोला जेरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिको ग्लास बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कोकाकोलाका डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरूका लागि हरेक परिस्थितिहरूमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा उपलब्ध छ ।
यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबी प्याकमा पनि यहाँँहरू माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूका लागि यो रोजाइमा छ ।’
कोकाकोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोकाकोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोकाकोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरूसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धताअनुसार कोकाकोलाले निरन्तर रुपमा उनीहरूको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरू बजारमा ल्याउँदै आइरहेको छ ।
कोकाकोला जेरो सुगरको नयाँँ आरजिबी प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५ सय मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।