काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.०५ प्रतिशतले घटेको छ । यस दिन नेप्से १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा झरेको हो ।
आज १ हजार ९७२ बिन्दुमा खुलेको बजार झिनो अंकले घटेर १ हजार ९७२.२९ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा करिब डेढ अर्बको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु १ हजार ९९२ बिन्दु र न्यून १ हजार ९५३ बिन्दु समातेको थियो । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ११ करोडको कारोबार भएको थियो ।
आज नेप्सेमा २ सय २५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २ सय २५ कम्पनीमध्ये १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
आज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ६.५८ प्रतिशत, महुली लघुवित्तको ५.८४ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य सर्वाधिक ४.३८ प्रतिशतले घटेको छ । आज नेप्सेमा नेपाल टेलिकमको सर्वाधिक १२ करोड २७ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनीको ५ करोड ६५ लाख र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।