काठमाडौं । आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा चितवन–१ का लागि नेपाली कांग्रेसबाट निवेदन दर्ता गराएका डा. स्वर्णिम वाग्ले र डा. विश्वनाथ पौडेल कुनै बेला ‘लंगौटिया’ साथी थिए । खासगरी अमेरिकामा विश्व बैंकको जागिरे जीवन बिताइरहेका वाग्लेसँग चीनबाट थप अध्ययनका लागि अमेरिका पुगेका पौडेलको चिनजान र भलाकुसारी सुरु भएसँगै सम्बन्धमा घनिष्ठता बढ्दै गयो ।
नेपालमा अर्थशास्त्रीका रूपमा कुरा गर्न कोही वाग्लेकोमा पुग्यो भने ‘पौडेललाई अलिकति ठाउँ (स्पेस) दिनू है’ भन्न वाग्ले हिच्किचाउँथेनन् । तर, हरेक ठाउँमा स्वर्णिमले अघि सारेका तिनै पौडेल अहिले प्रतिस्पर्धी भएर अगाडि बढेकामात्रै छैनन्, त्यसका लागि मलजल गरिरहेकी छिन् प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले ।
पौडेललाई आजको स्थितिमा ल्याइपुर्याउन र पौडेल ‘को हो’ भनेर चिनाउन वाग्लेको जति भूमिका छ, दुवैबीचको सम्बन्ध रसातलमा पुग्न पौडेलको बढ्दो महत्वाकांक्षा र देउवापत्नी आरजुको एकसूत्रीय अजेन्डाले काम गरेको छ ।
वाग्ले र गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष जीवा लामिछानेको छत्रछायामा उच्चतम लाभ लिएका पौडेलको अहिले उनीहरू दुवैसँग सामान्य बोलचालसम्म छैनभन्दा अनौठो लाग्नसक्छ । तर, वास्तविकता यही हो ।
वाग्ले, लामिछाने र पौडेलबीच बोलचाल बन्द भएको वर्षौं भइसकेको छ । तथापि, चितवनमा दुवैजना निर्वाचनमा होमिन तयार भएर कांग्रेसका तर्फबाट आवेदन हालेपछि एकाएक चर्चामा आएका छन् ।
वाग्ले र गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष जीवा लामिछानेको छत्रछायामा उच्चतम लाभ लिएका पौडेलको अहिले उनीहरू दुवैसँग सामान्य बोलचालसम्म छैनभन्दा अनौठो लाग्नसक्छ । तर, वास्तविकता यही हो । वाग्ले, लामिछाने र पौडेलबीच बोलचाल बन्द भएको वर्षौं भइसकेको छ । तथापि, चितवनमा दुवैजना निर्वाचनमा होमिन तयार भएर कांग्रेसका तर्फबाट आवेदन हालेपछि एकाएक चर्चामा आएका छन् ।
बसोबासका आधारमा लामिछाने, वाग्ले र पौडेल तीनैजना चितवनका हुन् । वाग्ले गोरखाबाट चितवन झरेका हुन् भने पौडेल कास्कीबाट । पौडेलको अध्यापन चितवनमै भयो भने वाग्ले काठमाडौंको बूढानीलकण्ठ स्कुलमा । यद्यपि, अध्ययनमा उनीहरूबीच एक/दुई ब्याचमात्रै फरक छ ।
बूढानीलकण्ठबाट वाग्ले बेलायत, अमेरिका र अस्ट्रेलिया (आर्थिक नीतिमा विद्यावारिधि) हुँदैै विश्व बैंकको जागिरका लागि अमेरिकामै रोकिए । पौडेल भने चितवनबाट चीनतिर सोझिए। चीन जानुअघि पौडेल कम्युनिस्ट विचारधारालाई आत्मसाथ गर्थे । जब पौडेल चीन अध्ययन बिट मारेर विद्यावारिधि गर्न अमेरिका हान्निए, त्यसपछि कम्युनिस्टप्रतिको उनको मोह भंग भयो । उता, वाग्ले भने जन्मजात कांग्रेसी पृष्ठभूमिमा हुर्किएका थिए ।
अध्ययन सकेर पौडेल फर्किंदा वाग्ले भने विश्व बैंकको जागिरे जीवन अमेरिका बिताइरहेका थिए । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्कले) बाट कृषि र स्रोत अर्थशास्त्रमा विद्यावारिधि सकेर सन् २००५ मा नेपाल फर्किने बित्तिकै पौडेलले काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा अध्यापन गराउने अवसर पाए । अमेरिकाको चर्चित विश्वविद्यालयबाट विद्यावारिधि गरेका व्यक्तिलाई कुसुमले अवसर नदिने सवाल पनि भएन ।
पौडेल अमेरिकाबाट फर्किंदा उनको राजनीतिक पहुँच शून्य प्रायः थियो । उच्चतहका कोही नेतासँग उठबस त के सामान्य चिनजानसमेत थिएन । पौडेल अमेरिकामा अध्ययन गर्दै ताका जीवा लामिछानेसँगको सम्बन्ध सुमधुर बन्दै गएको थियो । उनीहरुबीच बेलाबेला वार्तालापसमेत हुने गथ्र्यो । पौडेल नेपाल फर्किएपछि पनि लामिछानेसँग सम्बन्ध थप कसिलो बनेकैले होला, लामिछानेले आफ्ना कम्पनीहरूमा भूमिकासमेत दिन थाले ।
‘चितवनकै केटो, अमेरिकाबाट विद्यावारिधि गरेको । जीवाजीलाई पनि यत्तिको अध्ययनशील केटोलाई नेपालमै टिकाउनुपर्छ भन्ने भित्री इच्छा थियो,’ लामिछानेसँग लामो समय सँगै रहेका एक जानकारले क्यापिटल नेपालसँग भने, ‘त्यही भएर होला, जीवाजीले सन् २००७ मा सानिमा विकास बैंकको सञ्चालक समितिमा ल्याए ।’ पौडेल पछि सानिमा माई हाइड्रोपावरमा पनि सञ्चालक भए ।
पौडेललाई नेपालमा स्थापित गराउन लामिछानेको महत्वपूर्ण योगदान छ । पौडेललाई राजनीतिक दलका नेतासँग सहज पहुँच बनाइदिन पनि लामिछानेकै भूमिका छ । पौडेललाई बोकेर लामिछाने हिँडिरहेका बेला विश्व बैैंकको जागिर छाडेर एकाएक वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य बने ।
‘चितवनकै केटो, अमेरिकाबाट विद्यावारिधि गरेको । जीवाजीलाई पनि यत्तिको अध्ययनशील केटोलाई नेपालमै टिकाउनुपर्छ भन्ने भित्री इच्छा थियो,’ लामिछानेसँग लामो समय सँगै रहेका एक जानकारले क्यापिटल नेपालसँग भने, ‘त्यही भएर होला, जीवाजीले सन् २००७ मा सानिमा विकास बैंकको सञ्चालक समितिमा ल्याए ।’ पौडेल पछि सानिमा माई हाइड्रोपावरमा पनि सञ्चालक भए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन अर्थमन्त्री रामशरण महतले पूर्वअर्थ सचिव रामेश्वर खनाललाई आयोगको उपाध्यक्ष बन्न आग्रह गरे । तर, खनालले आफू इच्छुक नरहेको बरु वाग्लेलाई उपाध्यक्ष बनाउन सुझाए । तर, सरकारले पछि प्रा. डा. गोविन्दराज पोखरेललाई उपाध्यक्ष बनायो भने वाग्लेलाई सदस्य नियुक्त ग¥यो । खनालले नै वाग्लेलाई इमेलमार्फत नेपाल फर्किएर महत्वपूर्ण जिम्मेवारी लिन भनेका थिए ।
खनालको सक्रियता र पोखरेलको साथपछि वाग्लेले सदस्यको कार्यकालमै उत्कृष्ट प्रदर्शन गरे । तत्कालीन प्रधानमन्त्री कोइरालासँग हुने पोखरेलको हरेक भेटमा वाग्ले अनिवार्य हुन्थे । पोखरेल र वाग्लेको सुमधुर सम्बन्धको असर आयोगको काममा समेत देखियो ।
आयोगमा सदस्य बनिसकेका वाग्ले देउवा चौथोपटक प्रधानमन्त्री बनेसँगै २०७४ साउनमा आयोग उपाध्यक्ष नियुक्त भए । आयोग उपाध्यक्ष बनेपछि वाग्लेले पौडेललाई सल्लाहकारका रूपमा आयोग छिराए । आयोगको सल्लाहकार बन्नुअघि पौडेल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा जागिरे खाइरहेका थिए ।
स्वर्णिमकै बलबुतामा पौडेलले एमसिसीमा जागिर पाएका थिए । एमसिसीमा अमेरिकीहरूले पौडेलको व्यक्तित्वलाई लिएर ‘योग्य नभएको’ भन्दै प्रश्न गरेका थिए । तर, वाग्लेले पौडेलको प्रशंसा गर्दै ‘राम्रो व्यक्ति भएको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने’ विश्वस्त पारेपछि पौडेलले एमसिसीमा अवसर पाएको जानकारहरू बताउँछन् ।
आरजु वाग्लेलाई एउटा आँखाले पनि देखिनसहने । वाग्लेलाई तह लगाउन आरजु ‘मोहरा’ को खोजीमा थिइन् । यद्यपि, देउवासँग वाग्लेको सम्बन्ध अहिले पनि ठिकठाक छ । सम्बन्धमा चिसोपन आरजुसँग मात्रै हो । वाग्लेलाई पन्छाउन आरजुले विश्वलाई उचाल्न थालिन् । आरजुले पौडेललाई अनेकन प्रलोभन र महत्वाकांक्षा देखाउँदै लगिन् । पौडेललाई आयोगको सदस्य बनाउन ठूलो ‘लबिङ’ भइरहेका बेला नयाँ पत्रिका दैनिकले ‘आयोगमा फेरि बासी अनुहार’ भन्ने शीर्षकमै लेख प्रकाशित गरेको थियो ।
वाग्ले आयोगको उपाध्यक्ष हुँदासम्म वाग्ले–पौडेल सम्बन्ध कसिलो थियो । वाग्लेलाई नेपाल भित्र्याउनुमा पूर्वअर्थ सचिव खनालको भूमिका पनि महत्वपूर्ण छ भने पौडेललाई सुरुवाती चरणमा स्थापित गराउन लामिछानेको ।
कसरी चिसियो वाग्ले–पौडेल सम्बन्ध
आयोग उपाध्यक्षबाट बाहिरिएपछि पनि वाग्ले–पौडेल सम्बन्ध मजबुत थियो । वाग्ले, पौडेल र पोखरेल सँगसँगै अघि बढिरहेका थिए । वाग्लेले आयोगबाट राजीनामा दिएपछि पौडेल युलेन्स स्कुलको ट्रस्टी बनेका थिए । जसको अध्यक्ष प्रधानमन्त्री देउवापत्नी आरजु राणा थिइन् ।
आरजु अध्यक्ष भए पनि वाग्ले र पोखरेलसँग पौडेलको सम्बन्ध कसिलै थियो । कांग्रेस महाधिवेशनताका शेखर कोइराला पार्टी सभापति र गगनकुमार थापालाई महामन्त्री बनाउन वाग्ले र पोखरेलले गरेका कयौं बैठकमा पौडेल पनि सहभागी थिए । पौडेल पछिसम्म शेखरहरूकै पक्षमा रहेर भेलामा सहभागी भइरहन्थे ।
देउवा पाँचौंपटक प्रधानमन्त्री बनेसँगै वाग्ले र पौडेलबीच दरार सुरु भयो । आयोगमा उपाध्यक्षदेखि सदस्यसम्म को बनाउने भन्ने चर्चा सुरु भयो । आयोगमा पाउनसक्ने अवसर र युलेन्समा हुने आरजुसँगको भेटले बिस्तारै वाग्ले–पौडेलको सम्बन्धमा चिसोपना सुरु भयो ।
आरजु वाग्लेलाई एउटा आँखाले पनि देखिनसहने । वाग्लेलाई तह लगाउन आरजु ‘मोहरा’ को खोजीमा थिइन् । यद्यपि, देउवासँग वाग्लेको सम्बन्ध अहिले पनि ठिकठाक छ । सम्बन्धमा चिसोपन आरजुसँग मात्रै हो ।
वाग्लेलाई पन्छाउन आरजुले विश्वलाई उचाल्न थालिन् । आरजुले पौडेललाई अनेकन प्रलोभन र महत्वाकांक्षा देखाउँदै लगिन् । पौडेललाई आयोगको सदस्य बनाउन ठूलो ‘लबिङ’ भइरहेका बेला नयाँ पत्रिका दैनिकले ‘आयोगमा फेरि बासी अनुहार’ भन्ने शीर्षकमै लेख प्रकाशित गरेको थियो ।
त्यसपछि देउवाले बालकृष्ण खाँणको फोनमार्फत डा. पौडेललाई आयोगको सदस्यका लागि तयार रहन भनेका थिए । उपाध्यक्षमा डा. शंकर शर्मालाई ल्याउने तयारी गरेरै अमेरिकाबाट बोलाइएको थियो । तर, सदस्यका रूपमा भित्रिन लागेका पौडेल आरजुको दबाबमा उपाध्यक्ष बन्न पुगे ।
पौडेल उपाध्यक्ष बन्नुअघि नै खुलेर वाग्लेको आलोचना गर्न थालिसकेका थिए । शेखर समूहका भेलामा बारम्बार आइरहने पौडेलले आरजुको आडमा बालुवाटारभित्र आफ्नो पकड बनाइसकेका थिए । आरजुसँगको सम्बन्ध दरिलो बन्दै गएपछि पौडेलले वाग्लेहरूको आलोचना गर्न थालेका हुन् ।
लामिछाने–पौडलबीच चिसोपना
पौडेलको वाग्लेसँग मात्रै होइन लामिछानेसँग पनि सम्बन्ध चिसिएको छ । नेपालमा पौडेललाइ टिकाउन विशेष भूमिका खेलेका लामिछानेसँग पनि पौडेल उपाध्यक्ष भएपछि सम्बन्ध चिसिएको हो ।
आयोग उपाध्यक्ष भएपछि सानिमा हाइड्रोपावर सञ्चालकबाट राजीनामा दिएका पौडेलसँग सामान्य कुराकानीकै क्रममा झर्किने–फर्किने गर्न थालेपछि बोलचाल बन्दको स्थितिमा पुगेको हो । पछिल्ला दिनमा पौडेलले लामिछानेमाथि विभिन्न ‘अपशब्द’ र अनेकन ‘लाञ्छना’ लगाउन थालेको निकटवर्तीहरू बताउँछन् ।
अवसरवादी पौडेल
सुरुमा कम्युनिस्ट विचारशैली आत्मसाथ गरेका पौडेलले चीन गएर अध्ययन सकेपछि आफ्नो धारणा परिवर्तन गरेका थिए । पुँजीवादी विचारधारा बोकेर अमेरिकाबाट नेपाल फर्किएका पौडेलको उठबस भने नेकपा एमालेका उच्च तहका नेतासँग राम्रो थियो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा पारेको आरोप लागेसँगै अनेकन समाचार आउन थालेपछि विष्णु निर्दोष रहेको प्रमाण लिएर मिडिया हाउस धाउने काममा पौडेल अब्बल ठहरिएका थिए ।
मिडियाका सम्पादकलाई फाइल देखाउँदै विष्णु पौडेल निर्दोष रहेको समाचार रोक्न विश्वनाथ पौडेलले न्वारनदेखिको बल लगाएका थिए । पौडेल अर्थमन्त्री भएपछिको बजेट निर्माणमा पनि विश्वले भरपुर सहयोग गरेको जानकारहरू बताउँछन् ।
‘विश्वनाथजी सबैको मान्छे हो । हिजो विष्णुका पालामा पनि बजेट निर्माण गरे । अहिले देउवा–आरजुको असली टिममा हुनुहुन्छ,’ अर्थका अधिकारीहरू बेलाबेला टिप्पणी गर्छन्, ‘भोलि नयाँ शक्तिको उदय भएको अवस्थामा उहाँ त्यहाँ पनि फिट हुनुहुन्छ ।’
पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा पारेको आरोप लागेसँगै अनेकन समाचार आउन थालेपछि विष्णु निर्दोष रहेको प्रमाण लिएर मिडिया हाउस धाउने काममा पौडेल अब्बल ठहरिएका थिए । मिडियाका सम्पादकलाई फाइल देखाउँदै विष्णु पौडेल निर्दोष रहेको समाचार रोक्न विश्वनाथ पौडेलले न्वारनदेखिको बल लगाएका थिए । पौडेल अर्थमन्त्री भएपछिको बजेट निर्माणमा पनि विश्वले भरपुर सहयोग गरेको जानकारहरू बताउँछन् ।
वाग्ले–पौडेल बोलचाल बन्द
वाग्ले कामको सिलसिलामा अमेरिका गएपछि बालुवाटारमाथि पौडेल एकलौटी हाबी भए । आरजु राणाले आफ्ना भित्रियासँग स्वर्णिमलाई बालुवाटारको ढोका सधैंका लागि बन्द भएको बताएपछि त्यसको पूरापुर फाइदा पौडेलले उठाए ।
स्वर्णिमलाई ‘माइनस’ गराउन आरजुले पौडेललाई निरन्तर उचालिरहिन् । महत्वाकांक्षा बढाउँदै लगिन् । ‘उपाध्यक्षपछि तपाईं देशको अर्थमन्त्री हो । अब चितवनबाट तपाईं चुनाव लड्ने हो’ भन्नेजस्ता महत्वाकांक्षा पौडेलमाथि आरजुले भर्दै गएपछि वाग्ले र पौडेलबीचको सुमधुर सम्बन्धमा दरार आएको जानकार बताउँछन् ।
स्वर्णिम अमेरिकामै हुँदा पनि देउवा नेतृत्वको सरकारमा परराष्ट्र वा अर्थ राज्यमन्त्रीको इच्छा गरेर लबिङ सुरु गरेका थिए । आरजुले उक्त लबिङ थाहा पाउनासथा पौडेललाई उक्साउन थप मलजल गरिन् । देउवाका नजरमा वाग्ले अहिले राम्रा व्यक्तिका रूपमा पर्छन् । तर, आरजु र देउवाका सहयोगी भानु देउवाले बालुटावार प्रवेशमा रोक लगाएपछि वाग्लेको बालुवाटार प्रवेश निषेधजस्तै छ । वाग्लेले आफ्नो पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिकीकरण कार्यक्रममा पौडेललाई नबोलाएबाट पनि बुझ्न सकिन्छ, पौडेल र वाग्लेबीच बोलचाल बन्द छ ।
दुईबीच चुनावी प्रतिस्पर्धा
वाग्ले पहिल्यैदेखि चुनाव उठ्ने गरी तयारीमा जुटेका थिए । वाग्ले चुनाव उठ्ने तयारीको सुुइँको पाएपछि आरजुले पौडेललाई मैदानमा उतारिन् । वाग्ले गोरखा, काठमाडौं वा चितवनमध्ये कहाँबाट चुनाव उठ्ने भन्ने निक्र्योल नहुँदासम्म आरजु र पौडेल चुपचाप थिए । जब वाग्लेले चितवनबाट चुनाव उठ्ने मनस्थिति बनाए, त्यसपछि पौडेल पनि सोही क्षेत्रमा उठ्न तम्सिए । र, चितवनमा पौडेलले टिकट पाए भने अन्यथा नलिए हुन्छ ।