काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं तिहार र छठलक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसले आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन उपहार दिने भएको हो ।
यस्तै, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्शाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गर्ने सिटी एक्प्रेसले जनाएको छ ।
कम्पनीका अनुसार ‘विदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५देखि कार्तिक १५ सम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।