काठमाडौं । एसपिजी ट्रेडिङ रोयल स्ट्यागको राष्ट्रिय वितरकको रुपमा नियुक्त भएको छ । एसपिजी ट्रेडिङका निर्देशक गौरव शारडा र विनर लिकर्सबीच सम्झौता भएको हो ।
विनर लिकर्समा पर्नोड रिचार्ड इन्डिया जेभी कम्पनी हो । पर्नोड रिचार्ड इन्डियाले चिवास रिगलसहित महँगा मदिरा उत्पादन गर्छ । पर्नोडका उत्पादनको नेपाला लागि आधिकारिक वितरक शारडा ग्रुप हो ।
नेपालमा उत्पादित रोयल स्ट्याग अब उप्रान्त एसपिजी ट्रेडिङमार्फत बिक्री हुन्छ । एसपिजी ट्रेडिङ नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हाे।
रोयल स्ट्याग र भविष्यका सिग्रामका ब्राण्डहरु पर्नोड रिचार्डको घरेलु पोटफोलियो जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्छ । सो को राष्ट्रिय वितरक एसपिजी हो ।
पर्नोड रिचार्डका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित कोहनी विनर लिकर र एसपीजी ट्रेडिङको सहकार्यबाट आफू अत्यन्तै खुसी भएको बताए । यसले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नाेड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिनेछ । एसपिजीका निर्देशक गौरव शारडाले एसपिजी ट्रेडिङले विनरका उत्पादनको राष्टिय वितरण हुन पाएकोमा उत्साहित भएको बताए ।
विनर लिकर्सको इतिहास
अगस्ट २०१९ मा स्थापित विनर लिकर उद्योग पर्नोड रिचार्ड सिग्राम ब्रान्डहरूको एकमात्र निर्माता र वितरक हो । उत्पादनहरु उच्चतम प्रोटोकल र डिस्टिलरी उद्योगको अन्तर्राष्ट्रिय फोरमहरुद्वारा निर्धारित मापदण्डअन्तर्गत उत्पादन गरिन्छ ।
विनरले नेपाली डिस्टिलरी उद्योले विश्वस्तरीय ह्विस्की उत्पादन र वितरण गर्ने गर्छ । विनरका प्रोडक्टहरु पोंड रिचार्डको विश्वव्यापी मापदण्डहरू पूरा गर्दै आधुनिक प्लान्टअन्तर्गत उत्पादन गरिन्छ ।
एसपिजीको इतिहास
शारडा ग्रुप नेपालको प्रतिष्ठित व्यावसायिक घराना हो । १५० वर्ष पुरानो यो ग्रुपको दर्जनौं उद्योगमा लगानी छ । यस ग्रुपको सिमेन्ट, स्टिल, चाउचाउ, बिस्कुट, कन्फेक्सनरी, अल्कोहल र गैरमादक पेय पदार्थ, खाद्य तेल, साबुन, प्लास्टिक, कृषि प्रशोधन, औद्योगिक र चिकित्सा ग्यास, तार र केबुल उद्योगमा लगानी छ ।
समूहले अटोमोबाइल, विद्युतीय सामान, निर्माण उपकरण, दूरसञ्चार र निगरानी र वाइन एण्ड स्पिरिट जस्ता विभिन्न क्षेत्रहरूमा समेत लगानी छ ।