काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काइकमसँगको सहकार्यमा बहुप्रतिक्षीत आइपिटिभी सेवा सिजिनेट जोडी योजना सुरु गरेको छ ।
सिजि नेटले ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै मनोरञ्जन दिने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजिनेट ‘मेगा जोडी’ र सिजिनेट ‘ग्रान्ड जोडी’ अफर सुरु गरेको हो । सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपिटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् ।
आइपिटिभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् । भने ती च्यानलमध्ये १ सय २५ वटा एचडि र १३२ वटा एसडि च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेनमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानललगायतका च्यानलहरु हुनेछन् ।
यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जि नेटवर्कलगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन्। स्प्रिन्टर जोडी (८० एमविपिएस प्लस आइपिटिभी) को प्रतिमहिना ८ सय १०, पपुलर जोडी (१ सय ५५ एमविपिएस प्लस आइपिटिभी) को १ हजार ५५ र रकस्टार जोडी (३ सय ५ एमविपिएस प्लस आइपिटिभी) को प्रतिमहिना १३ सय ७४ शुल्क लाग्नेछ ।
त्रैमासिक योजना अनुरुप स्प्रिन्टर जोडी ८० एमविपिएसको साथमा आइपिटिभीको २ हजार ६ सय ४०, पपुलार जोडी एमविपिएसको साथमा आइपिटिभीको ३ हजार ७ सय ५० र रक स्टार जोडी ३ सय ५ एमविपिएसको साथमा आइपिटिभीको ९ हजार ७ सय २० शुल्क लाग्ने छ ।
यस्तै, वाार्षिक योजनाअनुरुप स्प्रिन्टर जोडी ८० एमविपिएसको साथमा आइपिटिभीको ९ हजार ७ सय २०, पपुलर जोडी एमविपिएसको साथमा आइपिटिभीको १२ हजार ६ सय ६० र रक स्टार जोडी ३ सय ५ एमविपिएसको साथमा आइपिटिभीको १६हजार ४ सय ८८ शुल्क लाग्ने छ ।
यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटअप बक्सका लागि ग्राहकले एक पटक २ हजार ६ सय शुल्क तिुर्नुपर्ने छ । त्यस्तै, सिजिनेटले बदलिँदो समयअनुरुप निरन्तर उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने कम्पनीले जनाएको छ ।
सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमविपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९ सय ९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४ सय ९९ मा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीअनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख शहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।