काठमाडैं । शिवम् सिमेन्टकाे विशेष साधारणसभा सम्पन्न भएकाे छ । उक्त सभाले कम्पनीका संचालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समिति गरेकाे निर्णय अनुसार सभामा प्रस्तुत गरिएका प्रस्तावहरू पारित गरेकाे छ ।
विशेष साधारणसभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धी सबै विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित भएका छन् ।
संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या सात जनाबाट छ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढी सेयरधनीहरूको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरेकाे छ ।
सर्वसाधारणका लागि आईपिओ निस्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओ.पि.सि मात्र उत्पादन तथा बिक्रिवितरण गर्दै आइरहेको छ ।
गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रिवितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवाड प्रथमबाट पुरस्कृत भएको थियो ।
शिवम् सिमेन्टमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।
'भरोसा अटुट सम्बन्धको,' 'क्वालिटीको मामलामा नाे कम्प्राेमाइज, 'गुणस्तरको पहिचान हो शिवम्' तथा 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ' जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आएसआइ, युआरएस प्रमाणित आइएसओ सिटिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
शुक्रबार बोलाइएको विशेष साधारणसभा अनामनगरस्थित कम्पनीको सभाहलमा सम्पन्न भएकाे हाे ।