काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण सम्पन्न गरेको छ ।
कम्पनीले ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरीका ४८ हजार अभिकर्ताहरु मध्ये २०७८/७९ मा उत्कृष्ट कार्य सम्पादनगरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २ सय ७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी म्यानेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक ‘झन्डा’ को विमोचन गरिएको छ । डा.भगवान कोइरालाको प्रमुख आतिथ्य तथा कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेकाे अध्यक्षता र अन्य सञ्चालक समितिका सदस्यहरुको सहभागतिामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा ३ सय ६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो ।
कार्यक्रमा डा. कोइरालाले जीवनका भोगाइहरु व्यक्त गर्दै र सकारात्मक सोचबारे वचिार राखेका थिए । उनले आफूले मनदेखी चाहेमा असम्भव भन्ने कुनै पनि कुरा नभएको बताए । उनले अझै उत्कृष्ट कार्य सम्पादन गर्न लिडरहरुलाई सुझाव दिए ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स अग्रीणी रहेको बताए । उनले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।
आगामी दिनमा बिमामा आवद्ध भइ उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गर्ने उनले बताए ।
कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
यस्तै, उनले कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बिमाको सचेतना बढाउन ‘जीवन बिमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बिमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बिमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।
समापन कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डरद्घय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले हसिल गरेको सफलतामा आफूलाई गर्व अनुभूति हुने बताए । यस संस्थाले सधैँ आफूहरुलाई धेरै माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुसी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई तथा शुभकामना दिए ।