काठमाडौं । साताको पाँचौ कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.८९ प्रतिशतले घटेको छ । यस दिन नेप्से परिसूचक १८.२९ अंकले घटेर २ हजार ३९.५५ बिन्दुमा झरेको छ ।
बिहिबार २ हजार ५७ बिन्दुमा खुलेको बजार १८ अंकले घटेर २ हजार ३९ बिन्दुमा झरेको हो । घटेको बजारमा करिब २ अर्बको कारोबार भएको छ ।
बिहिबार नेप्से उच्च बिन्दु २ हजार ६८ बिन्दु र न्यून २ हजार ३५ बिन्दु समातेको थियो ।
बिहिबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज नेप्सेमा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
बिहिबार नेप्सेमा २ सय १९ कम्पनीको ४२ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१९ कम्पनीमध्य १५ कम्पनीको सेयरमूल्य बढेको छ भने १६८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
त्यस्तै ४ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ ।
बिहिबार नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरकोसेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युतको सेयरमूल्य ८.९३ प्रतिशत र नेष्डो लघुवित्तको सेयरमूल्य २.७ प्रतिशतले बढेको छ ।
त्यस्तै, मैलुङ खोला हाइड्रोपावरको सर्वाधिक ५.८२ प्रतिशतले सेयरमूल्य घटेको छ ।आज नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँको कारोबार गरेको छ ।
त्यस्तै, रिडि हाइड्रोपावरको ९ करोड ४१ लाख र नेष्डो लघुवित्तको ८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।