काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा ‘मुक्तिनाथ तिज विशेष अफर’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले एक लााखसम्मको चिकित्सा सम्बन्धी बिमा सुविधा पाउने छन् ।
यस्तै, निशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रान्क्युलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् । यो योजना भदौ महिनासम्म मात्र लागु हुनेछ । योजनोले नारीको सम्मान गर्दै नारीलाई अत्यन्त फाइदा पुग्ने बैंकको विश्वास छ ।
यस्तै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।