काठमाडौं । साताको चौथोे कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.८७ अंकले बढेर २ हजार ५७.८५ बिन्दुमा पुगेको छ ।
बुधबार २ हजार ५४ बिन्दुमा खुलेको बजार करिब २ अंकले बढेर २ हजार ५७ बिन्दुमा पुगेको हो । झिनो अंकले बढेको बजारमा डेढ अर्ब बढीको कारोबार भएको छ ।
बुधबार नेप्से उच्च बिन्दु २ हजार ७३ बिन्दु र न्यून २ हजार ५२ बिन्दु समातेको थियो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब २८ करोडको कारोबार भएको थियो ।
बुधबार नेप्सेमा २ सय २३ कम्पनीको ३६ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२२ कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
बुधबार नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत र जलविद्युतको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ ।
त्यस्तै, सिद्धार्थ इक्वीटी फन्डको सर्वाधिक ६.८८ प्रतिशतले सेयर मूल्य घटेको छ भने गार्खाज फाइनान्सको सेयर मूल्य २.३६ प्रतिशतले बढेको छ ।
बुधबार नेप्सेमा अरुण काभेली हाइड्रोपावर कम्पनीले सर्वाधिक १६ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, अपी पावर कम्पनीको ८ करोड ८ लाख र रिडि हाइड्रोपावरको ५ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।