काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दशैंलाई थप उत्साहजनक बनाउन 'दशैंमा द–सही' अफर सार्वजनिक गरेकाे छ ।
योजनाअन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विगंर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार पाउने छन् ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले जनाएकाे छ । यस्तै, यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधाहरु पनि छन् ।
सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले हरेक वर्षझैँ यसपालीको आउँदो दशैंलाई लक्षित गरी ल्याएकाे अफरबारे सकारात्मक प्रतिक्रिया आएकाे बताए। विशेषगरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनकाे भनाइ छ ।
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज 'टाटा मोटर्स ट्रक्स एन्ड बसेस नेपाल' हेर्न वा ९८०११०७६०० मा मिसकल गर्न कम्पनीले आग्रह गरेकाे छ ।