काठमाडौं। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.८५ अंकले बढेर २ हजार ५४.९८ बिन्दुमा पुगेको छ।
मंगलबार २ हजार ५३ बिन्दुमा खुलेको बजार करिब २ अंकले बढेर २ हजार ५४ बिन्दुमा पुगेको हो । झिनो अंकले बढेको बजारमा १ अर्ब बढीको कारोबार भएको छ।
आज नेप्से उच्च बिन्दु २ हजार ६० बिन्दु र न्यून २ हजार ४८ बिन्दु समातेको थियो। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। नेप्सेमा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ७१ करोडको कारोबार भएको थियो ।
बढेको बजारमा कारोबार रकम घट्नुलाई सकारात्मक मानिन्छ। बढेको बजारमा कारोबार रकम घट्नु पछिल्लो कारोबारको लागि सुखद हुने जानकार बताउँछन्।
आज नेप्सेमा २ सय २२ कम्पनीको ४० लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। आज नेप्से कारोबारमा आएका २२२ कम्पनीमध्ये ७१ कम्पनीको सेयरमूल्य बढेको छ भने १०४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ। त्यस्तै, ११ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ ।
आज नेप्सेमा जलविद्युतको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ।
त्यस्तै, सिद्धार्थ इक्वीटी फन्डको सर्वाधिक ६.८८ प्रतिशतले सेयरमूल्य घटेको छ। आज नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक १४ करोड २१ लाख रुपैयाँको कारोबार गरेको छ। त्यस्तै, रिडि हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।