काठमाडौं। ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरकाे बम्पर उपहार याेजनाअन्तर्गत जम्सेद नदापले निसान सन्नी कार जितेका छन् ।
राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापले कार जितेका हुन् । साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रममा बम्पर उपहार निसान सन्नी कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ। जम्सेद बिगत ६ वर्ष देखि साउदीमा काम गर्दै आइरहेका छन् ।
कार्यक्रममा नेपाली राजदुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, टेलिमनी केन्द्र प्रमुख बसिमबहादुर मद्दा, सेल्स म्यानेजर अब्दुलाह ए बिन तवाला, टेलिमनी रेमिटान्स म्यानेजर जीतेन्द्र थपलिया र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुले बम्पर उपहार विजेतालाई कार हस्तान्तरण गरेका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफर उपहार याेजना सञ्चालनमा ल्याएकाे थियाे । सो उपहार योजना नोभेम्बर १ देखि ६ महिनाको लागि सञ्चालन गरिएकाे थियाे ।
उपहार योजनाअन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटयान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाइल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले पाँच हजार नगद साउदी रियाल, तीन जनाले आइफोन १३ प्रो म्याक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा गरिएकाे छ ।
सबै पुरस्कारहरु दुई/दुई महिनागरी छ महिनासम्म विद्युतीय लक्की ड्र मार्फत घोषणा गरिएको थियो। यस्तै, अन्तिममा बम्पर उपहारको घोषणा गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।