दिगो विकास लक्ष्य (एसडीजीएस) र त्यसपछि पेरिस सम्झौताद्वारा निर्धारित लक्ष्य प्राप्त गर्न प्रतिवर्ष ४.५ ट्रिलियन अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसका लागि सार्वजनिक वित्त संयन्त्रबाट प्राप्त हुने स्रोत मात्रै पर्याप्त हुँदैन ।
आर्थिक सहयोग विकास संगठन–विकास सहायता समिति (ओईसीडी–डीएसी) सबै देशहरुले कुल राष्ट्रिय आयको लक्ष्यमा ०.७ प्रतिशत विकास कोष पूरा गरे पनि भरिन भने अझै ठूलो खाडल रहन्छ । तसर्थ, दिगो विकास लक्ष्य हासिल गर्न विकासोन्मुख देशहरुमा पुँजी प्रवाहमा ठूलो वृद्धि आवश्यक छ । त्यसका लागि सार्वजनिक तथा निजी साझेदारबीच निकट समन्वय हुनुुपर्छ ।
पछिल्ला वर्षमाहरु उदीयमान बजारमा निर्देशित निजी पुँजी प्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०१६ मा इक्विटी लगानीमा लगभग १.७५ ट्रिलियन अमेरिकी डलर विश्वव्यापी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को लगभग ४० प्रतिशत विकासशील देशहरुमा केन्द्रित थियो । यद्यपि, दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक पर्ने वित्त हालको प्रत्यक्ष वैदेशिक लगानी प्रवाहले पनि धेरै अपुग रहन्छ ।
विशेषगरी कम विकसित देशमा एफडीआई २०१५ को तुलनामा १३ प्रतिशतले घटेको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) कोष नेपालजस्तो फ्रन्टियर बजार कोष प्रबन्धकका लागि उच्च जोखिम र लाभ उत्तिकै छ । पीईभीसी कोषबाट जम्मा भएको कुल पुँजीको १५ प्रतिशत नेपाल र बंगलादेशजस्ता फ्रन्टियर बजारमा लगानी हुने अनुमान छ । अधिकांश पीईभीसी कोषमा रहेको पुँजी मध्यम आय र परिपक्व बजारजस्तै एसिया–प्रशान्त क्षेत्रलगायत चीन र भारत वा पूर्वी युरोपमा लगानी गरिन्छ ।
विशेषगरी कम विकसित देशमा एफडीआई २०१५ को तुलनामा १३ प्रतिशतले घटेको छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) कोष नेपालजस्तो फ्रन्टियर बजार कोष प्रबन्धकका लागि उच्च जोखिम र लाभ उत्तिकै छ । पीईभीसी कोषबाट जम्मा भएको कुल पुँजीको १५ प्रतिशत नेपाल र बंगलादेशजस्ता फ्रन्टियर बजारमा लगानी हुने अनुमान छ । अधिकांश पीईभीसी कोषमा रहेको पुँजी मध्यम आय र परिपक्व बजारजस्तै एसिया–प्रशान्त क्षेत्रलगायत चीन र भारत वा पूर्वी युरोपमा लगानी गरिन्छ ।
नेपाल वा बंगलादेशको बजारमा पुँजी स्रोत अभाव भएकाले पीईभीसी कोष प्रबन्धकले ठूलो प्रतिफल लिन सक्छन् । किनभने यी बजारमा वृद्धिको ठूलो सम्भावना छ । सानो लगानीले पनि धेरै रोजगारीका अवसरको सिर्जना र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य पूरा गर्न सहयोग गर्न सक्छ ।
तर, स्पष्ट रुपमा भन्दा पीईभीसी कोष प्रबन्धक वा लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा यस्तो बजारमा लगानीको जोखिम प्रायः उच्च हुन्छ । नीतिगत असमानता, बजार अस्थिरता, राजनीतिक अस्थिरता, मुद्रा जोखिम र तरल बजार आदिबाट उत्पन्न हुने समस्या र धेरै लेनदेन जोखिम पनि रहने भएकाले पीईभीसीलाई नयाँ अवसर र लगानी प्रतिफल पाउन गाह्रो हुन्छ । परिपक्व लगानी अवसर र तिनीहरुको लगानीको सीमित विकल्प कोष प्रबन्धकका लागि प्रमुख चिन्ताको विषय हो । पीईभीसी कोष लगानी निश्चित समयका लागि गरिन्छ ।
निजी क्षेत्रका लगानीकर्ताका सम्भावित जोखिम
उच्च विकासमा प्रभाव पार्ने आयोजना, क्षेत्र र भौगोलिक क्षेत्रमा पीईभीसी कोषजस्ता निजी क्षेत्रको लगानीका लागि मुख्य बाधामध्ये लगानी अवसरको टिकट आकार र जोखिम–फिर्ता प्रोफाइल कम आकर्षक देखिएको छ । त्यसैले निजी पुँजी परिचालन गर्ने दिशामा काम गर्न लगानीका जोखिमबारे विश्लेषण गर्नुु महत्वपूर्ण हुन्छ । यद्यपि जोखिमको विश्लेषण गर्नुअघि हरेक लगानीकर्ताले लगानी जनादेश, लगानीको मिसन, लगानीको टिकट आकार, जोखिम लिने क्षमता र लगानीकर्ताको प्रतिफल अपेक्षालाई मिहिन ढंगले हेर्नुपर्ने हुन्छ ।
सार्वजनिक क्षेत्रका लगानीकर्ता र परोपकारी लगानीकर्ताले विकास लक्ष्य प्राप्त गर्न थप जोखिम लिन सक्छन् भने निजी क्षेत्रका लगानीकर्ताहरु समान जोखिम लिन सक्दैनन् । अर्को शब्दमा भन्ने हो भने एकका लागि कम जोखिमको रुपमा बुझिने कुरा अर्कोका लागि उच्च जोखिम हुन सक्छ ।
नेपालजस्तो फ्रन्टियर बजारमा दिगो विकास लक्ष्यको उपलब्धिमा निजी क्षेत्रका लगानीकताले निम्न जोखिम देखिएमा लगानी रोक्न सक्छन् ।
भूराजनीतिक र सुरक्षा जोखिमः निजी क्षेत्रका लगानीकर्ताहरु सामान्यतया उच्च राजनीतिक अस्थिरता भएको र जहाँ सुरक्षा जोखिम (प्रतिकूल राजनीतिक वा आपराधिक घटनाहरुको जोखिम भएको बजार) छ, त्यस्ता क्षेत्रमा लगानी गर्न अनिच्छुक हुन्छन् । विद्रोह, युद्ध, भ्रष्टाचार, आतंकवाद र नागरिक अशान्तिले व्यापारको सामान्य सञ्चालनमा हस्तक्षेप गर्न सक्छ । कमजोर राज्यमा बढेको भूराजनीतिक र सुरक्षा जोखिमले प्रायः निजी क्षेत्रको लगानी निषेध गरेको हुन्छ र लगानी गर्न सकिने रकमलाई पनि सीमित गरेको पाइन्छ ।
अस्थिर बृहत् आर्थिक र लगानी जोखिम सूचकहरुः अपेक्षाकृत कम वृद्धिदर भएका बजारमा गैरपारदर्शी नियामक, कर र कानुनी प्रणालीको अभाव, पुँजी नियन्त्रण, कर बाधा र ट्यारिफहरु निजी पुँजी प्रवाहका महत्वपूर्ण अवरोध हुन् । किनभने तिनीहरुले लगानी प्रतिफलको अनिश्चितता देखेका हुन्छन् वा लागत बढाउने प्रकृतिका लगानीमा निजी क्षेत्रको आकर्षण कम हुन्छ ।
मुद्रा जोखिम
लगानीको प्रतिफल प्रायः स्थानीय मुद्रामा प्राप्त हुन्छ, जहाँ लगानी गरिन्छ त्यसलाई लगानीकर्ताको सन्दर्भ मुद्रामा रुपान्तरण गर्न आवश्यक हुन्छ । त्यसैले लगानीकर्तालाई विदेशी विनिमय दरमा हुने उतारचढावमा लगानी जोखिम हुन्छ ।
तरलता जोखिमः अनिश्चितता र अल्पविकसित वित्तीय क्षेत्रका कारण अन्य निजी क्षेत्रका लगानीकर्ताले लगानीको अवसरका परियोजना, क्षेत्र र भौगोलिक क्षेत्रमा लगानी गर्न इच्छुक नहुन सक्छन्, जसले लगानीकर्ताको लगानीबाट बाहिर निस्कने र कुनै पनि लाभ प्राप्त गर्न सक्ने क्षमतालाई सीमित पार्दछ ।
व्यापार मोडेल जोखिम
लगानीको व्यावसायिक पाटो प्रायः विभिन्न कारकमा निर्भर हुन्छ । प्रायः दिगो विकास लक्ष्यहरु (जस्तै जलवायु) लाई लक्षित गर्ने व्यावसायिक मोडेल प्रमाणित हुन बाँकी छ । निजी क्षेत्रका लगानीकर्तालाई सामान्यतया लगानी गर्न सकारात्मक प्रतिफलको इतिहास चाहिन्छ । दिगो विकास लक्ष्यमा लगानी गर्दा प्रायः नवीन मोडेल समावेश हुन्छन्, जहाँ वित्तीय व्यवहार्यता प्रमाणित हुन बाँकी छ ।
उदाहरणका लागि मोबाइल प्रविधिको लाभ लिने चिकित्सा सेवा वितरणका नयाँ मोडेलमा ठूलो सम्भावना छ । नाफामुखी स्वास्थ्य क्लिनिकको व्यवसायिक मोडेल पहिले देखाइएको जस्तै सजिलै प्रमाणित हुन्छ । अन्य प्रमाणित अवसर अवस्थित हुँदा अप्रमाणित मोडेलमा लगानीलाई उचित ठहराउन गाह्रो हुन सक्छ ।
समिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) मोडेलको अवसर
लगानीकर्ताका लागि नेपालजस्ता फ्रन्टियर बजारहरुको जोखिम–समायोजन समीकरण परिवर्तन गर्ने तरिका भए के हुन्छ ? के त्यस्ता प्रावधानले निजी पुँजीलाई फ्रन्टियर बजारले प्रदान गर्ने अवसर प्रयोग गर्न आकर्षित गर्न सक्छ ? के यस्तो पुँजीले गरिबी, जलवायु परिवर्तन र दिगो विकास लक्ष्य प्राप्त गर्न र अन्य चुनौतीको सामना गर्न सक्छ ? समिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) को मोडललाई अगाडि बढाउनेको आशा यी सबै समस्या समाधान गरी नेपालजस्ता फ्रन्टियर र उदीयमान बजारहरुमा दिगो पूर्वाधारमा ठूलो मात्रामा मूलधारको पुँजी (लगानी) आकर्षित गर्न सक्छ भन्ने विश्वास हो ।
समिश्रित वित्त कोषको संरचना गर्ने धेरै तरिका भए पनि आधारभूत तत्व भनेको कोषले निजी पुँजीका लागि जोखिम कम गर्ने र लगानीकर्तालाई थप आकर्षक प्रतिफल प्रदान गर्ने लक्ष्य राख्नु हो ।
समिश्रित वित्तमार्फत सार्वजनिक क्षेत्र र परोपकारी लगानीकर्ताले निजी पुँजीलाई उत्प्रेरित गर्न र विकासलाई प्रभाव पार्ने ठाउँमा निर्देशित गर्न विभिन्न वित्तीय उपकरण नवीन तरिकामा प्रयोग गर्न सक्छन् । यी वित्तीय उपकरणले फ्रन्टियर र उदीयमान बजारमा लगानी गर्न रोक्ने निजी पुँजी अवरोधलाई सम्बोधन गर्दछ । महत्वपूर्ण कुरा त के हो भने यस्ता वित्तीय उपकरणले निजी क्षेत्रको लगानीलाई निषेध गर्ने जोखिम न्यूनीकरण गरेर अवसरको जोखिम–फिर्ती प्रोफाइल सुधार गर्न वा नयाँ व्यापार मोडेल वा अवधारणा खोेजी गर्न सघाउँछ ।
तसर्थ, नेपालजस्ता फ्रन्टियर र उदीयमान बजारमा सञ्चालन हुने पीईभीसी कोषका लागि समिश्रित वित्त मोडेलअन्तर्गत विकास वित्त संस्था वा दातृ निकायले बजारका सर्तहरुभन्दा कममा प्रारम्भिक घाटा पुँजी उपलब्ध गराउँछन्, जसले निजी क्षेत्रका लगानीकर्ताले आफ्नो जोखिम न्यूनीकरण र लगानी प्रतिफल सुनिश्चित गर्न सक्छन् । समिश्रित वित्त मोडेलले जलवायु परिवर्तनजस्ता मुद्दासँग जोडिएका लगानीको अवसरलाई पनि सदुपयोग गर्न सक्छ ।
जलवायु परिवर्तन वित्तीय लगानी रुपरेखा भविष्योन्मुख जलवायु परिवर्तन न्यूनीकरण गर्ने कम्पनीहरुमा लगानी सुनिश्चित गर्ने नयाँ अवधारणा हो । समिश्रित वित्त मोडलमा प्राविधिक सहयोग सुविधा र क्षमता अभिवृद्धि अनुदानको व्यवस्था गरिएको हुन्छ, जसमा लगानीको साधनसँगै संरचनागत रुपमा लगानी गरिएका पोर्टफोलियो कम्पनीलाई प्राविधिक सहयोग दिने गरिन्छ । यसबाट थप लाभ प्राप्त हुने सम्भावना रहन्छ ।
नेपालमा समिश्रित वित्त मोडेलका उदाहरण
ग्लोबल इक्विटी फन्ड (स्थानीय नेपाल आधारित प्राइभेट इक्विटी फन्ड) ले एसियाली विकास बैंक (एडीबी) बाट भायबिलिटी ग्याप फन्डिङ (भीजीईफ) प्राप्त गरेको भृकुटी ग्रिड टाइड १०.५ मेगावाटको सोलार परियोजनामा २० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । भीजीएफ अनुदानको उपयोग शौर्य ऊर्जा उत्पादनको निजी क्षेत्रको लागत र नेपाल विद्युत् प्राधिकरणले शौर्य ऊर्जामा इच्छुक न्यूनतम मूल्यबीचको भिन्नतालाई पूर्ति गर्न प्रयोग गरिन्छ । नेपालले ‘भ्याबिलिटी ग्याप’ कोष प्रयोग गरेको यो पहिलो उदाहरण हो ।
नेपालले लामो समयदेखि विद्युत्को चरम अभाव झेल्दै आएको छ । देशका ६५ प्रतिशत घरपरिवारमा मात्रै बिजुलीको पहुँच छ । अहिलेसम्म देशको स्वच्छ ऊर्जा आपूर्तिको मुख्य आधार मानिएको जलविद्युत् कम पानी पर्ने सुक्खा मौसममा कमी हुँदा शौर्य ऊर्जा एक दरिलो विकल्प भएको छ । यद्यपि निजी क्षेत्रको ठूलो लगानी माइक्रो र मिनी ग्रिड शौर्य ऊर्जामा भएको छ ।
४ मेगावाट वा सोभन्दा बढी क्षमताका युटिलिटी–स्केल प्लान्टले निजी क्षेत्रको लगानी कमै आकर्षित गरेको छ । एडीबीबाट भीजीएफले परियोजनाको वित्तीय लगानी प्रतिफल सुनिश्चितमा योगदान पुर्याउँछ । जसकारण ग्लोबल इक्विटी फन्डजस्ता निजी लगानी संस्थालाई जोखिमयुक्त र प्रतिफल कम भएका क्षेत्रहरुमा लगानी गर्न आकर्षित गर्दछ । यो एक व्यापारिक परियोजना भएकाले ऊर्जाको चरम अभावको चपेटामा परेको दक्षिण एसियाली राष्ट्रमा विस्तार गर्न सकिन्छ ।
अर्को डोल्मा इम्प्याक्ट फन्ड (डीआएफ) र बिजनेस अक्सिजन (बीओटु) जस्ता पीईभीसी कोषले नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पुँजी उपलब्ध गराउन विकास वित्त संस्थाहरु (डीएफआईएस) बाट कम ब्याजदरको कोष प्रयोगमा सहयोग गरेर लगानीको जोखिम न्यूनीकरण र प्रतिफल सुनिश्चित गर्न सहयोग गर्दछ ।
डोल्मा इम्प्याक्ट फन्ड (डीआएफ) र बिजनेस अक्सिजन (बीओटु) जस्ता पीईभीसी कोषले नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पुँजी उपलब्ध गराउन विकास वित्त संस्थाहरु (डीएफआईएस) बाट कम ब्याजदरको कोष प्रयोगमा सहयोग गरेर लगानीको जोखिम न्यूनीकरण र प्रतिफल सुनिश्चित गर्न सहयोग गर्दछ ।
डोल्मा इम्प्याक्ट फन्डले ७ करोड ५० लाख अमेरिकी डलरबराबरको ‘डोल्मा इम्प्याक्ट फन्ड टुु’ कोष सञ्चालन गरिरहेको छ । यसले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) लाई स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, प्रविधि र अन्य क्षेत्रमा वृद्धि पुँजी उपलब्ध गराई लगानीका साथै सकारात्मक सामाजिक र वातावरणीय प्रभाव न्यूनीकरण गर्न सहयोग गरिरहेको छ ।
एफएमओ, स्विडफन्ड, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) जस्ता विकास वित्त संस्थाहरुले डोल्मा इम्प्याक्ट फन्ड टुु कोषमा लगानी प्रतिबद्धता जनाइसकेका छन् ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) र डच उद्यमशील विकास बैंक (एफएमओ) को सहयोगमा एक भेन्चर क्यापिटल कोष ‘वन टु वाचले’ तीन साझेदार बैंकहरु (लक्ष्मी बैंक, एनएमबी बैंक र नबिल बैंक) मार्फत कोभिड–१९ एमएसएमई फन्ड नेपाललाई परिचालन गरेको छ । कोभिड–१९ को प्रभावमा परेर संकटको सामना गरेका साना र मझौला व्यवसायका लागि ब्याज भुक्तानी र प्राविधिक सहयोग प्रदान गरेको छ ।
सूक्ष्म, साना र मझौला उद्यमहरु (एमएसएमइएस) लाई कठोर आर्थिक संकटको सामना गर्न मद्दत पुर्याएको थियो । यो कार्यक्रमअन्तर्गत लाभार्थीले कार्यशील पुँजी आवश्यकता पूरा गर्न र व्यवसाय विकास सेवा, कर्मचारीलाई कायम राख्न, व्यवसायको निरन्तरता जोगाउन मद्दत गर्यो । त्यस्तै, कोषले लाभार्थीहरुलाई उनीहरुको व्यवस्थापकीय र परिचालन क्षमता सुधारमा मद्दत गर्न व्यवसाय सल्लाह÷विकास सेवा पनि प्रदान गर्दै आएको छ ।
कोभिड–१९ एमएसएमई फन्ड नेपाल प्राप्त गर्नेमध्ये एक ‘डोको रिसायकलर्स’ हो, जसले विद्युतीय फोहोरलगायत सबै प्रकारका सुक्खा फोहोर व्यवस्थापन गर्न सुरूदेखि अन्तसम्मको फोहोर व्यवस्थापन प्रणाली प्रदान गर्दछ । कोषमार्फत डोको रिसायकलर्सले आफ्नो छोटो अवधिको कार्यशील पुँजी आवश्यकता पूरा गर्न लक्ष्मी बैंकबाट ब्याजरहित र धितोरहित ऋण लिएको छ । समिश्रित वित्त मोडेलअन्तर्गत ब्याज भुक्तानी र प्राविधिक सहयोगमार्फत एमएसएमईएसलाई कसरी सहयोग हुन सक्छ भनेर देखाउने एउटा राम्रो उदाहरण हो ।
विकासोन्मुख देशका लागि व्यावसायिक लगानीलाई प्रोत्साहित गर्न ग्यारेन्टी, भीजीएफ, बिमा र मुद्रा हेजिङजस्ता समिश्रित वित्त मोडेलको उपकरणमार्फत विकास वित्त संस्था, विकास एजेन्सी, विकास बैंक र फाउन्डेसनबाट प्राविधिक सहायता र अनुदान दिएर सहयोग गरिरहेका छन् । स्वच्छ ऊर्जा, स्वास्थ्य सेवा, सहरी विकास र दिगो भू–उपयोग क्षेत्र (जुन प्रायः कम पुँजीकृत हुन्छन्) सबैले फाइदा लिन सक्छन् । मिश्रित वित्त बजार बढाउन सके यी क्षेत्रमा लगानी द्रुत रुपमा अघि बढ्न सक्छ ।