काठमाडौं । रियलमीले एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५ जि र रियलमी सि ३० सार्वजनिक गरेको छ । कम्पनीले कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा फोन सार्वजनिक गरेको हो ।
कार्यक्रमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरिले यो एकदमै महत्वपूर्ण स्मार्ट फोन सिरिज भएको बताए । उनका अनुसार बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।
रियलमी ९ प्रो ५ जि
इन्डस्ट्री लिडिङ लाइट सिफ्ट डिजाइनयुक्त यो फोनमा ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र ५ जि चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको युआइ भर्जन ३.० छ ।
यसमा ५ जि प्रोसेसर मध्येको प्रोसेसर इन्यापड्रागन ६९५ ५ जि रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ पूरा डिस्प्ले रहेको छ । यस्तै, ६४ एमपिको ट्रिपल क्यामरा छ । १६ एमपिको वाइड एंगल सेल्फी क्यामेराले ग्रुप सेल्फी लिन सजिलो हुने कम्पनीले जनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।
५ हजार एमएएचको ब्याट्रि भएको यो रियलमी ९ प्रो ५ जि स्ट्यान्ड–बाइड मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जिबिको स्टोरेज क्षमतासहित उपलब्ध यो फोनको मूल्य ३८ हजार ९ सय ९९ तोकिएको छ ।
रियलमी सि ३०
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सि३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई आकर्षक लुक देखाएको छ । यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो ।
यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामेरा ८ एमपिको छ भने अगाडिको क्यामेरा ५ एमपिको छ । ५ हजार एमएएचको ब्याट्रि भएकाले दिनभरी फोन चलाउन सक्छिन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।
यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मूल्य १४ हजार ४ सय ९९ रुपैयाँ छ भने ४/६४ को १९ हजार ९ सय ९९ रहेको छ । रियलमी सि३० नेपालभरका स्टोर र अनलाइनमार्फत दराजमा भाद्र ५ गते बाट उपलब्ध छ ।