काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ७.७२ अंकले घटेर २ हजार ६०.५५ बिन्दुमा झरेको छ ।
आइतबार २ हजार ७० बिन्दुमा खुलेको बजार करिब ८ अंकले घटेर २ हजार ६० बिन्दुमा आएको छ । झिनो अंकले घटेको बजारमा दुई अर्ब बढीको कारोबार भएको छ । आइतबार नेप्से उच्च बिन्दु २ हजार ८९ बिन्दु र न्यून २ हजार ५५ बिन्दु समातेको थियो ।
आइतबार नेप्सेपरिसूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेमा २ अर्ब ४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ५ करोडको कारोबार भएको थियो ।
आइतबार नेप्सेमा २ सय १८ कम्पनीको ५३ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २१८ कम्पनीमध्ये ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने १३२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
त्यस्तै, ८ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ । नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै अपर सोलु हाइड्रो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, रिभरफल्स पावर कम्पनीको सर्वाधिक ५.१९ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज नेप्सेमा रिडि हाइड्रोपावर कम्पनीको सर्वाधिक १२ करोड २८ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, अपी हाइड्रोपावरको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।