काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबिएल एम-स्मार्टमार्फत 'स्मार्ट लोन अग्नेस्ट फिक्स डिपोजिट' काे सुविधा सुरु गरेको छ ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेस गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले साे सुविधा सुरू गरेकाे हाे ।
उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको समयमा लोन अग्नेस्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ्ग सुविधामार्फत सजिलै कर्जा लिन सक्नेछन्।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म जानु नपर्ने गरि अनलाइन तथा मोबाइल बैंकिङ्ग एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अग्नेस्ट फिक्स डिपोजिट सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने जनाएकाे छ ।
यस एमबिएल एम-स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ष्ट्रिेशन गर्न सकिने, मोवाइल फोनबाटै खाता खोल्न सकिने, मोवाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधाहरु रहेको छन् ।
बैंकले एमबिएल एम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नयाँ सुविधाहरु थप्दै आएको हो ।