काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.३६ अंकले घटेर २ हजार ४०.७० बिन्दुमा झरेको छ ।
आज २ हजार ४३ बिन्दुमा खुलेको बजार करिब झिनो अंकले घटेर साढे २ हजार बिन्दु तल आएको हो । घटेको बजारमा करिब डेढ अर्बको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु २ हजार ५३ बिन्दु र न्यून २ हजार ३५ बिन्दुमा समातेको थियो । आज नेप्सेपरिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । पछिल्लो २५ कारोबार दिनको आज न्यून कारोबार हो । अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ७० करोडको कारोबार भएको थियो ।
आज नेप्सेमा २ सय २० कम्पनीको ३४ लाख ९७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२० कम्पनीमध्य १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । त्यस्तै १४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
नेप्सेमा श्वेत गंगा हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै मन्दाकिनी हाइड्रो, अपर हेवाखोला, अपर सोलु र सपोट माइक्रोफाइनान्सको सेयरमूल्य ९ प्रतिशत बढिका दरले बढेको छ ।
त्यस्तै, सामलिङ पावर कम्पनीको सर्वाधिक ५.१४ प्रतिशतले सेयरमूल्य घटेको छ । आज नेप्सेमा रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक १८ करोड ४३ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।