काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पद (सिईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् । गरिमा क्यापिटलको बसेको संचालक समितिको ५२ औँ बैठकले निर्मल भट्टराईलाई बुधबारदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्। उनी यसै संस्थाको स्थापनाकालदेखि विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यस अघि उनले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।
गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा प्रोटफोली म्यानेजमेन्ट सर्भिस (पिएमएस), निक्षेप सदस्य (डिस्पोइजटरुी पाटिसिपेन्टी डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आइरहेको छ।
यस्तै, क्यापिटलले आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फन्ड, भेन्चर क्यापिटल फण्ड, हेज फन्डलगायत अन्य फन्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ।
गरिमा क्यापिटलको सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण गर्दै आएको प्रमुख संचालन अधिकृत अशोक सुवेदीले जानकारी दिए ।