काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ १.२० प्रतिशतले घटेको छ । यस दिन नेप्से परिसूचक २४.८३ अंकले घटेर २ हजार ४१.०६ बिन्दुमा झरेको छ ।
आज २ हजार ६९ बिन्दुमा खुलेको बजार करिब २५ अंकले घटेर साढे २ हजार बिन्दु तल आएको हो । घटेको बजारमा करिब ३ अर्बको कारोबार भएको छ । आज नेप्से उच्च बिन्दु २ हजार ८८ बिन्दु र न्यून २ हजार ३५ बिन्दुमा समातेको थियो ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेमा २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ४२ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिन उच्च अंकले बढेको नेप्से परिसूचक यस दिन घट्न पुगेको छ ।
आज नेप्सेमा २ सय २१ कम्पनीको ६४ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२१ कम्पनीमध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ६९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै स्वालम्बन लघुवित्तको सेयर मूल्य ४.२ प्रतिशतले बढेको छ ।
त्यस्तै, युनिलिभर नेपाल कम्पनीको सर्वाधिक ५.६२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, दोर्दी खोला जलविद्युतको सेयरमूल्य ५.५१ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको ५.४७ प्रतिशतले सेयरमूल्यमा गिरावट आएको छ ।
आज नेप्सेमा रिडि हाइड्रोपावर कम्पनीको सर्वाधिक ४० करोड ८२ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, शिवम सिमेन्टको ८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।