काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुत्त, आयोजनामा ‘नेपाल पूर्वाधार सम्मेलन २०२२’ मा २५ देशको सहभागिता हुने भएको छ । भदौ २३ र २४ गते हुने सम्मेलनमा २५ देशबाट ६ सय जना भन्दा बढी उपस्थिति हुने बताइएको छ ।
सम्मेलनले नेपालमा पूर्वाधार क्षेत्रमा विदेशी लगानी भित्र्याउन मुख्य भूमिका खेल्ने भौतिक मन्त्रालयका सिनियर डिभीजन इन्जिनियर (सिडीई) शंकर सिंह धामीले बताए ।
सोमबार सीएनआईले गरेको पत्रकार सम्मेलनमा बोल्नै सिडीई धामीले पूर्वाधार सम्मेलनको मुख्य उदेश्य नेपालको आवश्यकता अनुसार विदेशी लगानी भित्र्याउने, यातायात क्षेत्रमा सुधार गर्नेलगायत रहेको बताए छन् । साथै पूर्वाधारको क्षेत्रमा नीजि क्षेत्रलाई सहभागिता गराउने पनि उनको भनाइ छ ।
‘सरकारको एउटा अंग नीजि क्षेत्र हो । अब नीजि क्षेत्रको लगानी पूर्वाधार निर्माणमा पनि हुनुपर्छ, सरकारले आवश्यक सहजिकरण र समन्वय गर्न तयार छ’ सिडीई धामीले भने । सिएनआईका अध्यक्ष विष्णु अग्रवालले पूर्वाधार क्षेत्रको विकास कुनै पनि देशको मेरुदण्ड भएकाले सरकार र नीजि क्षेत्रले समन्वय गरेर काम गर्नु पर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पूर्वाधर क्षेत्रमा लगानी गर्नको लागि पूर्वाधार बैंक नै सञ्चालन भइरहेको छ । त्यसले पनि सफलता पाइरहेको छ । रोड, एयरपोर्टको क्षेत्रमा पनि बजेट बढ्दै गएको सकरात्मक पक्ष हो ।’
नेपालमा सन् २०१४ मा पहिलो पटक, २०१७ मा दोस्रो र २०१९ मा तेस्रो पटक पूर्वाधार सम्मेलन भएको थियो । २०२१ चैथो सम्मेलन हुनु पर्ने भएपनि कोरोना संक्रमणको कारण २०२२ मा मात्रै सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नवीन वित्तिय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, नीजि क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रुपान्तरणलगायत विषयमा समेत छलफल हुने छ । त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारसँग पूर्वाधारको क्षेत्रमा भएका समस्या, चुनौती र अवसरको विषयमा समेत छलपल गर्ने बताइएको छ ।
सीएनआईका अनुसार इन्जिनियरिङका विद्यार्थीहरुको समेत नयाँ आइडियालाई सम्बोधन गर्ने गरी सम्मेलनले कार्यक्रम तय गरेको छ।
भदौमा हुने सम्ममेलनको नारा ‘इन्फ्राइस्ट्रक्चर फर ग्रोथ’ रहेको छ । सम्मेलनमा प्रधामन्त्रीसहित भौतिक, सहरी विकास, ऊर्जा, खानेपानीलगायत पूर्वाधार क्षेत्रसँग समबन्धित मन्त्रालयका मन्त्रीहरुको सहभागिता रहने छ ।