काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले दराजमल फेस्ट गर्ने भएको छ । दराजले दराजमल फेस्ट सुरु गर्न लागेको आइतबार घोषणा गरेको हो ।
दराजमेल फेस्ट भोलिदेखि सुरू हुने यस अभियानले ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्नेछ । यो अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, ७ हजारसम्मको भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक सेक र वाल अफ फेम रहेको छ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ५ सय भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु छन्।
दराजका अनुसार १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्नेछ ।
त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागी आकर्षक मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी सुनौलो अवसर हो।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत ७ सय ५० रूपैयाँसम्म छुट पाउन सक्छन्। बैंक डेज अफर निम्नानुसार छन्।
मंगलबार - ग्लोबल ई एमईबैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत ७ सय ५० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १५ प्रतिशत ५ सयसम्म छुट
बिहीबार -मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १५ प्रतिशत, ५ सय रूपैयााँसम्म छुट
शुक्रबार - नबिल बैंकबाट डेबिटरक्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रूपैयाँसम्म)
शनिबार - स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिटरक्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रूपैयाँसम्म )
त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्डरक्रेडिट कार्डमा १० प्रतिशत, (अधिकतम ५ सय रूपैयाँसम्म) को अतिरिक्त प्रि९पेमेन्ट छुट प्राप्त गर्न सक्छन्। त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम ३ सय ५० रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने आयाेजकले जनाएकाे छ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ।
उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। तसर्थ, ग्राहकहरूलाई महोत्सव अवधिभर अपडेट रहन सल्लाह दिइन्छ।
अगाडि बढ्दै, धेरै लोकप्रिय एड टु कार्ट एण्ड विनले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियान भरि हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्दछ। । साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा २ सय को भाैचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाैचरमार्फत थप छुट पनि पाउनेछन्।